११ श्रावण २०८१, शनिबार

Tag: प्रेम–पत्र

कार्ल मार्क्सले जेनीलाई सन् १८६५ मा लेखेको प्रेम–पत्र

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु । थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ । र म तिम्रो कुनै जवाफ विना नै तिमीसँग कुरा गरिरहन्छु । एकैछिन छुट्टिएर बस्नु पनि राम्रै कुरा हो । निरन्तर सँगै बस्दा हामी एकअर्कामा, एकअर्काको बोली र बानीमा यसरी बानी पर्न थाल्छौं कि त्यसमा कुनै पनि कुरा फरक तरिकाले हेर्न असम्भव बन्दै जान्छ । त्यसपछि स–साना कुरा, बानीले ठूलो रुप लिन थाल्छ, रिस उठ्न थाल्छ । तर जति टाढा जान्छु, क्षणभरमा सबै हट्छ । सूर्य र बर्षाले नयाँ विरुवालाई हुर्काएजस्तै दुरीले प्रेमलाई चमत्कारिक रुपमा हुर्काउँछ । प्रिय, आजकल मसँग यो मायाको चमत्कार भइरहेको छ । तिम्रा छायाँ मेरो वरिपरि छ । मेरा सपनाहरु तिम्रो सुगन्धले सजिएका छन् । मलाई थाहा छ, दुरीले मेरो मायालाई कसरी जोगाएको छ । प्रिय, तिमीबाट टाढा भ...