११ श्रावण २०८१, शनिबार

Tag: प्रगतिशील बिवाहा

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील बिवाहा सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राई र कुशुम गुरुङ बिच प्रगतिशील विवाह सम्पन भयकाे छ।पार्टीका अध्यक्ष मोहन वैद्य किरण लगायत शीर्षनेताहरू काे उपस्थितिमा अध्यक्ष राईले गाेरखाकि कुसुम गुरुङसँग प्रगतिशील विवाह गरेका हुन् । पुँजीवादी विवाहमा जस्तो कुनै तडकभडक नगरी सामान्य सयपत्री फूलको माला र अवीर एकअर्कामा साटासाट गरि मिलन राई र कुसुम गुरुङ वैवाहिक जीवनमा बाँधिएका हुन । शुक्रबार इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको प्रगतिशील विवाह कार्यक्रममा पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टीका कार्यालय सदस्यहरु सीपी गजुरेल, धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली,उदय बहादुर चलाउने,गुणराज लाेहणि, इन्द्रमोहन सिग्देल, दिनेश शर्मा लगायतका नेताहरु वैवाहिक कार्यक्रममा सहभागी रहेका थिए। अध्यक्ष किरण लगायतका नेताहरुले प्रगतिश...