११ श्रावण २०८१, शनिबार

Tag: पबित्र राना ( बिनय )

मर्द मरेकाे रात : पबित्र राना ( बिनय)

मर्द मरेकाे रात : पबित्र राना ( बिनय)

कविता, राष्ट्रिय, विचार, समाचार
  प्रिय मर्द....! भावबिहल छु आफै -आफैमा !! बियोगी आत्माबाट निस्केका स्मरणका उछालहरु, तिम्रो उदायमान लक्ष्यको पिंध पिंध सम्म पुगेर सफल जिबनका पुर्ण नमुनाहरु, यो सन्नाटाको बगरमा फिजाउने प्रयत्न छु । असामानताले बजारियको एउटा ख्याउटे बस्तीभित्र उकुस मुकुस भएर जन्मियको तिम्रो डाईनामेट बिचारले , सायद सेता घोडामा बिराजमान हैकमी मान्छेहरुका बिरुद्ध मुक्तिको रोडम्याप तयार गर्यो र तमाम भोका मान्छेहरु, एकाएक समर्पित भए तिम्रो बटोमा ...! सामान्त र सुद्खोर लाई च्वास्स च्वास्स पोलिरह्यो आगो बोकेको तिम्रो झोलाले रात निदाएको एक दिन, आँखामा पट्टि बाँधेर घिसार्दै पुर्यायो अँधेरी खोलाको खोंचमा अपराध बोकेका बगरेहरुले पड्कायो बन्दुक ड्याम्म -ड्याम्म !! बगे हजारौ अभिलाषाहरु, अँधेरी खोलाको रातो पानी संग बिजय उत्सब मनाए, उनै सेता ब्वासांका बथानहरुले निरलज्ज बगरमा डङरङ...