११ श्रावण २०८१, शनिबार

Tag: नेेपाल शिक्षक महासंघ

शिक्षकहरु काठमाडौं केन्द्रित ७० हजार सामुदायिक बिद्यालयकाे पठनपाठन आज देखि बन्द

शिक्षकहरु काठमाडौं केन्द्रित ७० हजार सामुदायिक बिद्यालयकाे पठनपाठन आज देखि बन्द

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द हुने भएको छ। शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो। महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर परिपूर्ति गर्ने महासंघले जनाएको छ। शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्ध...
शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

शिक्षकलाई धाेका भयकाे भन्दै महासंघले आन्दोलन गर्ने चेतावनी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं ।२७ भदौं-नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मा शिक्षकहरुलाई धोका दिएको भन्दै काठमाडौं केन्द्रीत आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरण पछि पनि केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयकको रुपमा त्यसलाई संसदमा दर्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ ‘यस घटना मार्फत् राज्यले फेरि एक पटक नेपाली शिक्षक–कर्मचारीलाई धोका दिएको छ । त्यसैले नेपाली शिक्षक कर्मचारी अहिले अत्यन्त आक्रोशित भएका छन् । अब ने. शि. महासङ्घ समक्ष काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलनमा जानु बाहेक कुनै विकल्प बाँकी रहेको छैन ।’ यस्तो छ महासंघको विज्ञप्ति : ...