११ श्रावण २०८१, शनिबार

Tag: नेकपा मशाल

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

वैद्य र शन्त बहादुर नेपालीको पार्टी बिच एकता, पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र शन्त बहादुर नेपाली नेतृत्वको नेकपा मशाल बिच पार्टी एकता सम्पन्न भयकाे छ । बुधबार मई १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन काठमाडौंमा दुई पार्टी बिच एकता भई पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने घाेषणा गरियकाे छ। एकता अधिवेशनबाट पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पारित गरिएको छ । पार्टीको नेतृत्वमा संयोजक र सहसंयोजक रहने प्रणाली बनाएको छ । एकता अधिवेशनले नव गठित पार्टीको संयोजकमा मोहन वैद्य किरण, बरिष्ठ नेतामा सिपी गजुरेल र सहसंयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला रहने सहमतिलाई पनि पारित गरेको छ । एकता अधिवेशनले २५ जनाको कार्यालय सदस्य , १०८ जनाको सचिवालय र ३१९ जनाको एकता महाधिवेशन आयोजक समिति बनाएको छ भने कार्यालय सदस्यहरुबाट सात जना रहेको ‘कार्य सम्पादन मण्डल’ पनि बनाएको छ ...
तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

तीन कम्युनिस्ट पार्टीले मनाए १५४ओैँ लेनिन जयन्ती र ७५ ओैँ कम्युनिस्ट पार्टी दिवश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । नेकपा क्रान्तिकारी( माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल)ले संयुक्त रुपमा हिजे शनिबार नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवस तथा विश्व सर्वहारावर्गका महान नेता लेनिनको १५४ औं जन्मजयन्ती मनाएका हुन  । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा तीनवटै पार्टीका नेताहरुले क्रान्तिकारी कम्युनिस्टहरुबीच पार्टी एकता र क्रान्तिको अपरिहार्यताका बारेमा विशेष चर्चा गरे । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल (गौरव), नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला (कञ्चन) र नेकपा (मशाल)का नेता चिन्तामणि पौडेलले क्रान्तिका लागि छरिएर रहेका क्रान्तिकारीहरुका बीच सुदृढ एकताको आवश्यकतामाथि जोड दियका थिए । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनले गरेको योगदानको चर्चा...