११ श्रावण २०८१, शनिबार

Tag: निर्माण ब्यावसायी महासंघ

एफक्यान ग्लोरी अवार्ड, जीप छिरिङ शेर्पालाई ,कालिका कन्स्ट्रक्सनलाई दुई उत्कृष्ट विधा अवार्ड

एफक्यान ग्लोरी अवार्ड, जीप छिरिङ शेर्पालाई ,कालिका कन्स्ट्रक्सनलाई दुई उत्कृष्ट विधा अवार्ड

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ। ११औँ एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पाले अवार्ड प्रदान गरेका हुन्। ११औँ एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्सनले पनि दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ। विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो। कालिका कन्स्ट्रक्सनको तर्फबाट कार्यकारी निर्देशक तथा महासंघका सल्लाहकार निकोलस पाण्डेले अवार्ड ग्रहण गरेका थिए। बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरेबापत् जय विष्णु ...