११ श्रावण २०८१, शनिबार

Tag: निर्माण ब्यावसायी

मन्त्रालयद्वारा निर्माण व्यावसायिलाई इजाजत पत्र नवीकरण गर्न निर्देशन

मन्त्रालयद्वारा निर्माण व्यावसायिलाई इजाजत पत्र नवीकरण गर्न निर्देशन

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न निर्देशन दियकाे छ  । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ । इजाजत पत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गराउनुपर्दछ । उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ । इजाजत पत्र नवीकरण गराउन आउँदा पछिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र समेत अनिवार्य ल्याउन अनुरोध गरिएको छ ।...
निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की

निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट । निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।
नियम बिपरित चल्ने निर्माण ब्यवसायी र आपूर्ति कम्पनी कालाे सुचिमा ।

नियम बिपरित चल्ने निर्माण ब्यवसायी र आपूर्ति कम्पनी कालाे सुचिमा ।

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, समाचार
२९ मंसिर काठमाडौं ।सरकारले १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो। कालो सूचीमा पर्ने कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न नपाउने बताइएको छ। कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ। सुचना हेर्नुहाेस :...