११ श्रावण २०८१, शनिबार

Tag: निर्मल रेग्मी

स्वास्थ्यकाे समायोजन सकस :समस्या र समाधानका उपायहरु

स्वास्थ्यकाे समायोजन सकस :समस्या र समाधानका उपायहरु

Breaking News, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
(आरम्भ ) १,समायोजनको हुदै गर्दाको अवस्था : बि.स.२०७६ असोजमा लामो समयको रस्साकस्सी पछी कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका सबैभन्दा तल्लो तह चौथो तह लगाएत सो भन्दा माथिका करीब २६,७१७ कर्मचारीहरुको संघ,प्रदेश र स्थानिय तहमा समायोजन गर्‍यो । समायोजन यति सम्म भद्रगोल भयो कि रुकुमको कर्मचारी पाचथर हुने,स्थानिय तहमा कर्मचारी दरबन्दी थोरै हुने तर कर्मचारी समायोजन धेरै हुने,कतै स्थानिय तहहरुमा दरबन्दी भन्दा एकदमै थोरै कर्मचारी समायोजन हुने,कुनै कर्मचारीहरुको नाम समायोजन सुचीमा नै नहुने खालका बिबिध समस्याहरु देखा परे तर पनि एकात्मक राज्य ब्यबस्था बाट संघात्मक राज्य ब्यबस्थामा राज्य रुपान्तरीत हुदै गर्दा र केन्द्रकृत रुपमा रहेका राज्यका संरचनाहरु,अधिकारहरु बिकेन्द्रीत भएर जनताको घर दैलोमा जादै गर्दा कर्मचारी हरुले पनि यति बेला सहयोग गर्नु पर्छ भन...