
मार्क्सवादबारे सही मार्क्सवादी बुझाई : एक टिप्पणी
✍️मार्क्सवादबारे सही मार्क्सवादी बुझाइ : एक टिप्पणी✍️ १. मार्क्सवाद स्वयं मार्क्स र एङ्गेल्सको दृष्टिमा कुनै जडसूत्र होइन, बरु कामकाजको लागि गाइड (पथप्रदर्शन) मात्र हो । एङ्गेल्सले स्पष्ट भन्नुभएको छ : "Our doctrine is not a dogma, but a guide to action." यसरी नै लेनिनको दृष्टिमा पनि "मार्क्दवाद कुनै निर्जीव जडसूत्र होइन न त यो पूर्णतया बनिबनाउ र अपरिवर्तनीय सिद्धान्त नै हो बरु यो त कामकार्वाहीका लागि जीवन्त निर्देश हो ।" ( Marxism is not a lifeless dogma, not a completed, ready-made, immutable doctrine, but a living guide to action."
हो, मार्क्सवाद कुनै अपरिवर्तनीय सिद्धान्त जरुर होइन । त्यसैले यस्लाई आलोचनात्मक रुपले हेर्ने र सिर्जनात्मक रुपले विकास गर्ने गर्न सकिन्छ र गर्न सक्नुपर्छ । तर यसो गर्दा सिर्जनात्मक विकासको नाममा यसको मूल स्पिरिट अर्थात् क्रान्ति...