११ श्रावण २०८१, शनिबार

Tag: नगर बस संचालन

नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

नगर बस संचालनमा आय पछि स्थानीयहरुमा छायाे खुसि

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले नगर बस संचालनमा ल्याए पछि स्थानीय नगरबासी र आसपास बासिन्दाहरुमा खुसि छायकाे छ ।  सडक डिभिजन कार्यालयले रुटप्रमिट दिएपछि नगरपालिकाले गत शुक्रबारदेखि नगर बस संचालनमा ल्याएको हो ।नगरपालिकाले संचालन गरेका २ वटा नगर बस छुट्टाछुट्टै २ वटा रुटमा संचालन गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । घर्तीका अनुसार एउटा बस बिहान ७ बजे कार्कीगाउँ देखि खलंगा र खलंगा देखि रिम्ना हुदै कालीमाटी पुगेर कार्कीगाउँ फर्किने छ भने अर्को बस पाँचकाटिया देखि खलंगा, कुदु हुँदै छेडा बजार पुगेर फर्किनेछ । नगर बसको भाडा भने यसअघि कै जिल्लाको भाडादर कायम गरिएको छ । नगर बसमा महिला, जेष्ठ नागरिक र अपाङ्कता भएका व्यक्तिका लागि आरक्षण सिटको व्यवस्था गरिएको छ । अन्य सहुलियत दिने विषयम आगामी नगरसभाबाट निर्णय हुने नगरपालिकाले जनाएको छ। नगर बस संचालनमा...