११ श्रावण २०८१, शनिबार

Tag: नक्कली भुटानी सर्नाथि

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्य गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएकाहरूमा हाइफ्रोफाइलवाला व्यक्तिहरूको नाम एकपछि अर्को गरी छताछुल्ल भइरहेको बेला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले उक्त घटना गम्भीर राष्ट्रघात र जनघात भएको बताएको छ । नेपाल सरकारको नेतृत्व गर्दै आएका पार्टीका नेताहरू, मन्त्रीहरू तथा सरकारका उच्चपदस्थ कर्मचारीहरूसमेत यस्तो कार्यमा संलग्न भएको कुरा अहिले नेपाली सञ्चारमाध्यममा छताछुल्ल भएको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो नेपालको इतिहासमा लज्जास्पद परिघटना भएको पनि बताएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले मङ्गलबार प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘आर्थिक लाभका निमित्त आफ्नो देशका नागरिकलाई अर्कै देशको शरणार्थी बनाउने र तेस्रो देशमा पठाउने काममा सरकार नै संलग्न हुनु नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा लज्जास्पद परि...