११ श्रावण २०८१, शनिबार

Tag: धनजित महर

कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली  प्रदेश हाे

कर्णाली तमाम संभावना बाेकेकाे शक्तिशाली प्रदेश हाे

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
ईतिहासलाई अध्यन गर्दै जादा कर्णाली लाई फर्केर हेर्ने हो भने तुलनात्मक रुपमा कर्णाली प्रदेश एक शक्तिशाली र समृद्ध थियो भन्ने बुझिन्छ । १२ औ शताब्दीमा नाग राजाले आफ्नो पालामा आफ्नो राज्य जितेपछी आफ्नो राज स्थान जुम्ला जिल्लाको सिंजा भन्ने ठाउँमा राखेका थिए । खस राजधानी सिंजा नेपाली भाषा संकृतीको उद्गमथलाेकाे  रुपमा चिनिन्छ । १३ शताब्दी तिरभने पुर्ब गोर्खा पश्चिम कास्मिर को लदाग उत्तर भोटको गुगे र दक्षिणमा लखनउको गोमती नदिसम्म फैलिएको थियो । नेपालकै लामो नदि भनेर चिनिने कर्णाली नदिको तिरै तिर हुँदै चिनको गुगे बरान्ङ्गबाट हुम्ला जुम्ला दैलेखको दुल्लु सुर्खेत हुँदै दक्षिण क्षेत्रमा पर्ने छिमेकी राष्ट्र भारत सम्मा आवत जावत हुने रेसम मार्गले कर्णालीको क्षेत्रलाइ अर्थिक हिसाबले मजबुत र बाणिज्य क्षेत्रमा ख्याती प्राप्त गरेको ईतिहास छ । २०४८ सालमा जुम्ला कर्णाली राज्यलाइ नेपाल एकीकरणमा गाभिसकेपछी क...