११ श्रावण २०८१, शनिबार

Tag: देविका सिंह

जाजरकोट कुशेमा गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न

जाजरकोट कुशेमा गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट । कुशे गाउँपालिकामा  गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि तय गरेको  गर्भवती र बिधुवा महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ९ वटै वडामा रहेका दिदी–बैनीसंग भेटघाट गरेर “ गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम” सम्पन्न गरेको उपाध्यक्ष देविका सिंह आरसीले जानकारी दिएकी छन् । उपाध्यक्ष सिंह आरसीले दिएको जानकारी अनुसार गाउँपालिकाका ९ वटै वडामा रहेका ६० बर्षमुनिका २८६ जना एकल महिलालाई न्यानो सउल वितरण गरिएको छ । त्यसैगरी ९ वटै वडामा रहेका प्रति बिधुवा तथा गर्भवती महिलालाई ३ लिटर खाने तेल, ३ पोका आयोडिनयुक्त नुन, ३ चक्की सावुन र १ नङकट वितरण गरिएको उपाध्यक्ष सिंहले बताएकी छन् । महिला दिदी–बैनीहरुको घरमा आफै पुगेर उक्त सामाग्री वितरण गरेकी उपाध्यक्ष सिंहले वितरण गरेर मौजदात रहेको सबै सामाग्री सम्...