११ श्रावण २०८१, शनिबार

Tag: दिवश

२९ ओैँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाउदै

२९ ओैँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाउदै

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।२९ ओैँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्‍न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन र बिभिन्न कार्यक्रम गरि मनाईरहेका छन्। काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्‍याली सुन्धारा, न्‍यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ । झाकी ‍र्‍यालीमा नेपालमा भएका विभिन्‍न आदिवासी जनजातिहरूले आ-आफ्नो भेषभूषा/पहिरन लगाएर सहभागी भएका छन् । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो, संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशक...
आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ । ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसक...