२३ भाद्र २०८१, आईतवार

२९ ओैँ विश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाउदै

काठमाडौं ।२९ ओैँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा विभिन्‍न आदिवासी,जनजाति संघ-संस्थाहरूले झाकी प्रदर्शन र बिभिन्न कार्यक्रम गरि मनाईरहेका छन्।

काठमाडौंको शहीदगेटबाट सुरू भएको झाँकी र्‍याली सुन्धारा, न्‍यूरोड, वीर अस्पताल, रत्नपार्क, जमल, त्रिचन्द्र कलेज हुँदै नपाल प्रज्ञा प्रतिष्ठान कमलादी पुगेको छ ।
झाकी ‍र्‍यालीमा नेपालमा भएका विभिन्‍न आदिवासी जनजातिहरूले आ-आफ्नो भेषभूषा/पहिरन लगाएर सहभागी भएका छन् ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो, संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

फाेटाहररु :