११ श्रावण २०८१, शनिबार

Tag: दिपक मनाङ्गे

निर्वाचन  आयोगले सोध्यो दिपक मनाङेलाई  स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो दिपक मनाङेलाई स्पष्टीकरण

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं ।   निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ का उम्मेदवार रहेका राजीव गुरुङलाई स्पष्टीकरण सोधेको छ। उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नुहुँदैन भनेको छ ‘३० लाखमा नेपालमा चुनाव जित्छ यार’ मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो। आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारको लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रम...