पक्राउ पुर्जी राज्य आतंककाे शुरुवात,यसको सामना गर्न जनतामा फर्किऊ : नेता दिग्दर्शन
बुटवल :क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका युवा नेता दिग्दर्शनले सरकारले जारी गरेको पक्राउ पुर्जी राज्य आतंककाे शुरुआत भएको बताएका छन।
उनले आईतवार क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज हेमन्त प्रकाश ओलि सुदर्शनकाे घरमा प्रहरीले पक्राउ पुर्जी टाँसे पछि यस्तो प्रतिक्रिया दियका हुन्।
उनले भनेका छन राज्यले आफैले आतंक मच्चाई रहेकाे छ र अन्याय गरिरहेकाे छ । जुन राज्यले हाेनहार युवाहरु मारिरहेको छ,महिलाहरु माथि हिंसा गरिरहेकाे छ,जातीय छुवाछूत चलाईरहेकाे छ,वित्तीय शाेषण मच्चाईरहेकाे छ,राष्ट्रिय पुँजी उत्पादन गर्ने उद्योग कलकारखाना ध्वस्त पारेर विदेशीहरुलाई सुम्पिदिएकाे छ,राष्ट्र घाति mcc सम्झौता गर्दै विदेशी पुँजीवादि - साम्राज्यवादहरुलाई दुताबासबाट सिधा अप्रत्यक्ष सत्ता चलाउने अनुमति दिईरहेकाे छ,प्रतिभा पलायन गराई युवाहरूलाई बाच्नका ...