११ श्रावण २०८१, शनिबार

Tag: त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल

त्रिभुवन विमानस्थलबाट १४ किलाे सुन सहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट १४ किलाे सुन सहित एक जना पक्राउ

Breaking News, अर्थवाणिज्य, समाचार
काठमाडौं :त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ परेका छन ।बिहीबार राति ११ः५६ बजे "फ्लाइ दुबईको एफजेट ५७३ उडान" नम्बरको जहाजबाट आएका ४५ बर्षिय चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । घलेलाई प्रहरीको टाेलिले पक्राउ गरेकाे हाे। सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो । चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे थप अनुसन्धान भइरहेको छ ।...
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुन बरामद

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ । सुन हङकङबाट आएको बताइएको छ ।...