१ कार्तिक २०८२, शनिबार

Tag: तिज

तिजकाे पहिलो दिन पसुपतिमा दर्शनार्थीहरुकाे भिड

तिजकाे पहिलो दिन पसुपतिमा दर्शनार्थीहरुकाे भिड

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् । व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको  र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए । कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने...
भावना तथा विद्रोहको पर्व :तिज – डा. बस्याल

भावना तथा विद्रोहको पर्व :तिज – डा. बस्याल

Breaking News
प्रारम्भ -मानव सभ्यताको विकासक्रम बिगत बाट आजसम्म आइपुग्न लामो इतिहास पार गरेको छ। आजको मानव सभ्यता सिकारी र कन्दमूल बटुल्ने समाजबाट पशुपालक , कृषि हुँदै औद्योगिक युगसम्म आइपुगेको हो।आफ्ना आवश्यकताहरु सहजतम बनाउन आगो र गुफाको प्रयोगदेखि न्यानोको लागि छालाको प्रयोग, माटो र काठ्का भाँडाको निर्माण, सिकार कन्दमूलदेखि पशुपालन र पशुपालनदेखि कृषि र कृषिमा हलोको आविष्कार र फलामको प्रयोग हुँदै आज विज्ञान प्रविधिको युगसम्म आइपुगेको हो। आफूले बाँचेको भौतिक परिवेशबीच जब मानिसले जिउँदो मानिस र मरेको मानिस मा फरक देख्यो, प्राकृतिक विपत्ति र महामारी देख्यो । कारण बुझ्ने खुबी उसँग भएन। यी सबै कुरा बाह्य शक्तिले गरायो भन्ने बुझ्यो र अलौकिक शक्तिको परिकल्पना गर्यो । निर्धारित भौगोलिक परिवेशमा उसले श्रम र साधना गर्दै जाँदा विभिन्न नियम उपनियम बसाल्यो। ती नियम उप नियमलाई कतिपय सन्दर्भमा अलौकिक शक्तिसँग जोड...