११ कार्तिक २०८१, आईतवार

Tag: ट्याक्सि दुर्घटना

मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : हिजाे शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाकाे नाम खुलेकाे छ ।उनिहरु सबै जना एकै घरका परिवार हुन । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारी साधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटि...