११ मंसिर २०८२, बिहीबार

Tag: टिप्पर

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।...
रुपन्देहीमा टिप्परकाे ठक्कर बाट एकजना पत्रकारकाे मृत्युु ।

रुपन्देहीमा टिप्परकाे ठक्कर बाट एकजना पत्रकारकाे मृत्युु ।

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
३ मंसिर, बुटवल । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका  कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...