११ श्रावण २०८१, शनिबार

Tag: झडप

संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
संखुवासभा ।संखुवासभाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलङ्गगी र नुवाकोटको ककनी गाउँपालिका-७ का आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । बलामीले चाेरी मुद्दामा र ताेलाङ्गीले बलात्कारको अभियोगमा जेलजीवन बिताइरहेका थिए । 'कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,'  प्रजिअ कार्कीले भने । कार्कीका अनुसार विनोद र आकाश ...
राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यक्रता बिच झडप ।

Breaking News, चुनाव, राजनीति, समाचार
चितवनमा क्षेत्र नम्बर २ मा चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता गठबन्धनका कार्यकर्ताबीच लफडा भएको छ। घरदैलो अभियानका क्रममा जम्काभेट भएपछि दुवै पक्षका कार्यकर्ताबीच सुरुमा भनाभन भएको थियो। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यका अनुसार दुई दलका कार्यकर्ताबीच कुरिनटारबाट नारायणगढतर्फ जम्काभेट भएको थियाे । सवारीसाधन प्रयोग गर्दै र पैदलै प्रचार हिँडेका दुई पक्षबीच जम्काभेट हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेका थिए। ‘रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई हरुवा भनेपछि विवाद उत्पन्न भएको सूचना आएको छ', उनले भनिन्, 'त्यसपछि गठबन्धनका कार्यकर्ताले रास्वपका कार्यकर्ता सवार एउटा गाडीमा क्षति पुर्‍याएका छन्।' रवि नेतृत्वको रास्वपाका एकजना नेता दीपक बोहोराले सत्ता गठबन्धनले आफ...