११ श्रावण २०८१, शनिबार

Tag: जनकपुर

जनकपुरमा छठका लागी मात्रै ३ करोडको केरा आयात

जनकपुरमा छठका लागी मात्रै ३ करोडको केरा आयात

Breaking News, अर्थवाणिज्य, कृषि, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१३ कार्तिक, धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घ्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुने हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उनले बताए । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताए । ‘यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्’, उनले भने । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भान्टाबारी ...