११ श्रावण २०८१, शनिबार

Tag: चिप्लिएर युवा वेपत्ता

जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

जाजरकोटका एक युवा चिप्लिएर भेरिमा वेपत्ता

Breaking News, मनाेरन्जन, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट ।चिप्लिएर जाजरकोटका एकजना भेरी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ बर्षीय नरु चन्द रहेका छन् । चन्द शिवालय गाउँपालिका–१ छेडाचौर बजारबाट घरतर्फ पैदल जाँदै थिए । छेडागाड नगरपालिका–१३ गारातारास्थित छिन्चु–जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासि चिप्लिएर भेरी नदीमा खसेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी नदीमा खसेर बेपत्ता भएको उनका छोरा विक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरेका थिए । त्यस पश्चात् उक्त चौकीबाट ११ जनाको प्रहरी टोली खोजी कार्यमा अग्रसर भएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोली र चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोली खोज कार्यमा लागिरहेको प्रहरीले जनाएको छ ।...