११ श्रावण २०८१, शनिबार

Tag: चितवन २

चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

चितवन २मा रवि लामिछाने प्रतिद्वन्दी भन्दा पाँच गुणा बढि मतान्तरले विजयी

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा पुन: निर्वाचित भएका छन् । २०७९ मंसिर ४ मा चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सांसद पद गुमेसँगै यहाँ उपनिर्वाचन भएको हो। लामिछाने ‍‍‍५४ हजार २७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २५१ मत पाए । यस्तै एमालेका रामप्रसाद न्यौपाने तेस्रो स्थानमा रहे । उनले १० हजार ९३५ मत मात्रै पाए। गत मंसिर ४ को निर्वाचनमा प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले जितेका लामिछानेले यसपटक त्यो मतान्तरलाई पाँच गुणा बनाउन सफल भए। मंसिरमा उनले ४९ हजार ३ सय र निकटतम प्रतिस्पर्धीले १४ हजार ९८८ मत ल्याएका थिए। रविको जितपछि उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौ...
चितवनमा उप निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य र सुरक्षा ब्यवस्थाप तयारी हुदै

चितवनमा उप निर्वाचनका लागि मतदान केन्द्र निर्माण कार्य र सुरक्षा ब्यवस्थाप तयारी हुदै

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
चितवन । क्षेत्र नम्बर २ मा भाेलि आईतवार  हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम र सुरक्षा ब्यवस्थापन धमाधम भइरहेको छ । चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा ६ सय ९० कर्मचारी खटिएका छन् ।  यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङ...