११ श्रावण २०८१, शनिबार

Tag: चाैरजहारी

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

रुकुम पश्चिम “चाैरजहारी”मा सवारी चालक अनुमतिपत्रकाे शुभारम्भ

Breaking News, यातायात, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
चाैरजहारी ।रुकुम पश्चिमको चौरजहारीमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) जारी प्रक्रियाको शुभारम्भ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीद्धारा प्रदान गरिने सवारी लाईसेन्स जारी प्रक्रियाको आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुभारम्भ गरेका हुन । आजबाट यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु भएको छ । वायोमेट्रिङ सुरु भएसँगै लाइसेन्स वितरणको प्रक्रिया शुभारम्भ भएको हो । अनलाइन मार्फत फारम भरेकाहरुको आजबाट बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईले जानकारी दिनुभयो । उहाँका अनुसार अब हप्तामा चार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार बायोमेट्रिक हुने छ । उहाँले वायोमेट्रिकपछि लिखित परीक्षा संचालन हुने र त्यसपछि ट्रायल हुने बताउनुभयो । कार्यालयले अहिले ट्रायल सेन्टर भाडामा लिइएको छ । ...