
समाजवादी माेर्चाले आज बुद्धिजीवी संग अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने
काठमाडौं :नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा नेपालले प्रतिगामी हर्कतलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको गरेको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रियाका साथै हजारौं जनता सडकमा उतारेर प्रतिगामी हर्कतको विरुद्धमा विरोध सभा र प्रदर्शन गर्ने निर्णय गरेको हो ।
मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले भने – ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही स...