चारदलकाे आयोजनामा काठमाडौँमा चुनाव अवज्ञा/बहिष्कार सभा
काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा बुधबार काठमाडौँ शान्तिवाटिकामा हजारौँको जनसहभागितामा संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा सम्पन्न भएको छ ।सभामा सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले विद्यमान संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न नयाँ क्रान्तिको तयारी भइरहेको बताए । नेता किरणले वैज्ञानिक समाजवाद स्थापनाका लागि सच्चा क्रान्तिकारी पार्टीहरूबीच एकता हुनुपर्ने पनि बताए । वैकल्पिक सत्ता स्थापनाका लागि राष्ट्रघाती, दलाल र पुँजीवादी शक्तिका विरुद्ध एकजुट भएर लड्नुको विकल्प नरहेको धारणा नेता किरणले राखे ।
संसद्वादी सरकारका तीनवटै अङ्ग असफल भइसकेको र ती एकआपसमा झडपमा उत्रिएको स्पष्ट पार्दै क्रान्तिकारी माओवादीका महासचिव किरणले लोकतान्त्रिक नाउँ गरेको फास...