११ श्रावण २०८१, शनिबार

Tag: चट्याङले

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

जाजरकोटमा चट्याङ् लागेर भैंसी र गाेरु मरे, किसान चिन्तित

Breaking News, अर्थवाणिज्य, कृषि, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । जाजरकोट जिल्लामा चट्याङ लागेर दुईवटा भैंसी र दुईवटा गाेरु मरेका छन । शनिबार साँझ परेकाे अविरल वर्षा र चट्याङ ले  जिल्लाको  नलगाड नगरपालिका वडा नं ३ परिकरूवाका खम्ब प्रसाद थापाको गाेठमा  परेको पानी र चट्टयाङका कारण दुईवटा भैंसी मरेका हुन । उता कुशे गाउपालिका वडा न २ माने टाेलमा बस्ने कर्ण बहादुर शाहिका दुईवटा गाेरु पनि चट्याङ लागेर मरेका छन  । दुहुनो भैंसी र सिजनकाे बेला खेति गर्नका लागि पालियका गाेरु मरे पछि किसान चिन्तित छन । जाजरकोटमा पटक-पटक चट्याङले क्षति पुर्‍याउदै आयकाे छ ।, केही बर्षि पहिले  एक जना र केही महिना अगाडि बारेकाेटमा २ जना महिलाको चट्याङ लागेर मृत्यु भयकाे थियाे । केही बर्ष पहिले कुशे पाटनमा चट्याङ लागेर सयाैंकाे संख्यामा भेडा बाख्राहरु पनि मरेका थिय । पटक-पटक प्राकृतिक प्रकाेपका कारण साँस्ती पाईरहेका जाजरकोट बासिका लागि याे अति नै दुखदायी क्षण हाे ...