देशकाे नेतृत्व अब हामिले गर्छाै र कम्युनिस्ट पार्टीले गर्छ : विप्लव
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अबको देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीकाे ७५ओैँ स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंकाे खुल्ला मंचमा आयाेजित जनसभालाई सम्बोधन गर्दै विप्लवले देशको नेतृत्व कम्युनिस्टले गर्ने बताएका हुन् ।
‘हाम्रा लागि सिंहदरबार मामुली हो । हाम्रा लागि मन्त्री मामुली हो ।’, उनले भने, ‘एक थान मन्त्री र प्रधानमन्त्री ठूलो कुरा होइन । हाम्रो पार्टीमा मन्त्री भएको साथीहरु हुनुहुन्छ । सांसद भएका साथीहरु हुनुहुन्छ । सांसद भएर छलफलमा सहभागी भएका साथीहरु हुनुहुन्छ । सिंहदरबारमा के हुन्छ हामी सबैलाई थाहा छ । यो व्यवस्थाबाट सम्भव केही पनि छैन ।’
उनले यो व्यवस्थामा जनताको वास्तविक मुक्ति सम्भव नभएको भन्दै यसका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताए । ‘पुस्पलालको एउटा सपना पूरा भएको छ । सबैभन्दा...