कोरियाली राष्ट्रपति किमईल सुङ काे २९ औँ स्मृति दिवसमा बिचारगाेष्ठि सम्पन्न
काठमाडौं ।नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले काेरियालि राष्ट्रपति किम इल सुङको २९ औँ स्मृति दिवसका सन्दर्भमा काठमाडौँकाे अनामनगर स्थित संवाद डबलीमा‘किम इल सुङ र समाजवादी क्रान्ति’ विषयक विचार गाेष्ठि कार्यक्रम सम्पन्न गरेकाे छ ।बुधबार काठमाडौंकाे अनामनगर स्थित संवाद डब्बलिकाे सभाहलमा कार्यक्रम सम्पन्न भयकाे थियाे ।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले कोरियाली क्रान्ति,कोरियाली नेता किमइल सुङ र कोरियाली व्यवस्थाबाट नेपालका क्रान्तिकारी कम्युनिसटहरूले धेरै कुरा सिकेको र अझै सिक्नुपर्ने बताएका छन् । अतिथि नेता गौरवले नेपालका नामधारी कम्युनिस्ट–संसद्वादीहरूले बनाएको नक्कली समाजवादी मोर्चाको भण्डाफोर गर्नुपर्ने धारणा पनि व्यक्त गरे । उनले भने, ‘चारदलीय समाजवादी मोर्चाले भन्ने गरेको समाजवाद प्रतिक्रियावादी समाजवाद हो ।’आफूहरू अर्थात् सच्चा कम्युनिस...