११ श्रावण २०८१, शनिबार

Tag: कस्ले उपाधि

विश्वकप खेलमा कस्ले के पाए

विश्वकप खेलमा कस्ले के पाए

अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
  विश्वकपको उपाधिसँगै गोल्डेन बल जितेका अर्जेन्टिनी लियोनल मेस्सीले दुई पटक गोल्डेन बल जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। यसअघि २०१४ मा अर्जेन्टिना उपविजेता हुँदा पनि मेस्सीले गोल्डेन बल जितेका थिए। त्यतिबेला जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो। विश्वकप उपाधि जितेसँगै अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाउने भएको छ । ८ वर्षपछि फेरि फाइनलमा पुगेको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनालाई उपाधि जिताउँदा मेस्सीले फाइनलमा २ गोल गरे। मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक गोल कर्ता, सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी लगायतका कीर्तिमान समेत बनाए। यो सँगै मेस्सीले खेलेका सबै खालका उपाधि जितेका छन्। फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले कतार विश्वकपमा गोल्डेन बुट अवार्ड जितेका छन...