११ श्रावण २०८१, शनिबार

Tag: कल्पत

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

जाजरकोट ,नलगाड १ कल्पतमा पहिराेले गाेठ बगायाे, गाई गाेरु मरे र केही घाईते

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । नलगाड नगरपालिका वडा न १ कल्पतमा पहिरोले ठुलाे धन जनकाे क्षति गरेकाे  छ । आईतबार गाउँ माथि बाट आएको पहिरोले गाउँमा ठूलो क्षति पुर्याएको हो । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आईतबार आएको पहिरोले स्थानीय पृथ्वीबहादुर पुनको १ वटा गोरु र एउटा गाईको पहिरोमा पुरियका  छन् भने अन्य ५ वटा गाईगोरुहरु घाइते भएका छन् । भिमदल चनाराको घोडा र भैसी घाईते भएका छन् । प्रकाश पुनका दुई वटा गोरु घाइते भएको अधिकृत गिरीले बताए । यस्तै, स्थानीय लालबहादुर बुढा र बलराम पुनको घरमा क्षति पुगेको छ । घाइते गोरुहरुको उपचारमा डाक्टरहरु खटिएको बताईएको छ । क्षति कति भयो, एकीन विवरण पेश गर्न सम्बिन्धित वडाध्यक्ष र वडा सचिवलाई सामाजिक सञ्जालमा अधिकृत गिरीले आग्रह गरेका छन् । गाउँ नै पहिरोको ठूलो त्रासमा रहेको छ ।...