११ श्रावण २०८१, शनिबार

Tag: करिडोर

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने !

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने !

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१७ कार्तिक, काठमाडौं । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ। कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए। सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो। सडकको उत्तर(दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो आयोजना २०६९ चैत्र ८ बाट सुरु भएको थियो। आयोजना सुर...