११ श्रावण २०८१, शनिबार

Tag: कपिलवस्तु

नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

नेकपाको महासचिवमा पुनः विप्लव निर्वाचित

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले सर्वसम्मत पुनः महासचिवमा विप्लवलाई निर्वाचित गरेको छ । महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा ७८ जना हाललाई निर्वाचित गरेको छ भने ३ जना पछि थपिने छन् । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने छन् । यस्तै महाधिवेशनले १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ । प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना पनि निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति, वैकल्...
नेकपाको महाधिवेशनमा समूहगत छलफल सकिएपछि सुझावहरु राख्ने क्रम सुरु

नेकपाको महाधिवेशनमा समूहगत छलफल सकिएपछि सुझावहरु राख्ने क्रम सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनको तेस्रो दिनको जारी बन्दसत्रमा आज राजनैतिक तथा विधान प्रतिवेदनमाथि समूह छलफल सकिएपछि समूहगत छलफलको सुझाव तथा टिप्पणी राख्ने क्रम सुरु भएको छ । महाधिवेशनको बन्दसत्रमा नेकपा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन र विधान प्रतिवेदन तथा सचिवालय सदस्य सन्तोष बुढा मगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्तावमाथि सुझाव तथा टिप्पणी संकलन गर्न २० वटा समूह विभाजन गरिएको थियो । प्रत्येक समूहहरुले आ-आफ्नो एकजना समूह लिडर चयन गरेर सुझाव तथा टिप्पणीहरु संकलन गरेका छन् र उक्त समुह लिडरले पालैपालो सुझाव तथा टिप्पणीहरु प्रस्तुत गरिरहेका छन् । एउटा समूह लिडरलाई १५ देखि २० मिनेटको समय तोकिएको छ । समयको हिसाबले भोलिसम्म समूहका लिडरहरुले आफ्नो सुझावहरु पेश गर्ने देखिएको छ । सुझाव प्रस्तुत गर्ने क्रम सकिएपछि...
नेकपाकाे नवाैं महाधिवेशन उद्घाटन ।

नेकपाकाे नवाैं महाधिवेशन उद्घाटन ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी काे नवाैं महाधिवेशन आफ्नै केन्द्रीय कार्यलय कपिलवस्तुकाे  शिवगडिमा  प्रबिधि प्रयाेग गर्दै उद्धघाटन भएकाे छ , असाेज ३१ सम्मा चल्ने महाधिवेशनकाे  पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लप ले डिजिटल प्रबिधि मार्फत ब्यानर खाेलेर  डृाेन उडायर पुष्पवृष्टि गरेर उद्घाटन गरेका हुन ।   कार्यक्रम मा महासचिव लगायत केन्द्रीय सदस्यहरु , अन्य अतिथिहरु र  जनमासलाई स्वागत का लागि  राता डेृसमा युवाहरुले सलामी गरेका थिय । ६ दिन सम्मा चल्ने महाधिवेशन मा सहभागी प्रतिनिधि र प्रबेक्षकका लागि खाना नास्ता का लागि मेष  र बस्नका लागि बासकाे ब्यवस्थापन गरेकाे छ ।...