११ श्रावण २०८१, शनिबार

Tag: उद्दार राहत

भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

भुकम्पले अभिभावक गुमाए पछि, एक्लि प्रेम कलालाई नेता “सुदर्शन”ले भेटेर राहत हस्तान्तरण गरे

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले जाजरकोटको नलगाड नगरपालिकाकाे चिउरी गाउँमा  पुगेर अभिभावक विहिन प्रेमकला विकलाई भेटी राहत हस्तान्तरण गरेका छन्।भुकम्पमा अभिभावक गुमाएकी ९ वर्षीया प्रेमकला विकको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो । तिनै प्रेमकला विकको लागि काठमाडाैँ दशरथ रंगशालाका खेलाडिहरुले पठाएको राहत स्वरुपको नगद रकम नेता सुदर्शनले प्रेमकलालाई मंगलबार हस्तान्तरण गरेका हुन् ।"दिलिप स्मृति प्रतिष्ठान"का अध्यक्ष एवम् प्रशिक्षक राजेन्द्र खत्रीका स्वर्गीय छोरा दिलिप खत्रीको सम्झनामा स्थापना गरिएको आवद्ध ३८ जना खेलाडिहरुले उठाएको रकम प्रेमकलालाई हस्तान्तरण गरिएको हो । स्वर्गीय दिलिप खत्रीका बुवा राजेन्द्रले क्रान्तिकारी कम्युनिस्ट पार्टीका ३ नम्बर प्रदेश कार्यालयका सहायक सचिव झनक श्रेष्ठ ‘प्रज्वल’लाई हस्तान्तरण गरेको उक्त...
डोटीमा भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

डोटीमा भूकम्प : उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
            २३ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पन...