२३ भाद्र २०८१, आईतवार

Tag: ईरान र अमेरिका

बिश्वकप फुटबल:  ईरान र अमेरिका भिड्दै ।

बिश्वकप फुटबल: ईरान र अमेरिका भिड्दै ।

Breaking News, अन्तर्राष्ट्रिय, खेल, राजनीति, शिक्षा, समाचार
दाेहा :विश्व राजनीतिमा सदैव चर्चामा रहने नाम हो, इरान र अमेरिका। यी दुई राष्ट्र कतार विश्वकप फुटबलअन्तर्गत मंगलबार आपसमा भिड्दा खेलकुदसँगै राजनीतिक तरंग पनि ल्याउने छन्। इरान र अमेरिकाबीचको खेल सन् १९९८ कै पुनरावृत्त भए पनि यस पटक छुट्टै परिणाम निस्कनेमा अमेरिकी प्रशिक्षक ग्रेग बेरहल्टर आशावादी छन्। सन् १९९८ मा लियोनको स्टेड डे गेल्यान्डमा भएको खेल ‘राजनीतिक खेल’का रुपमा चित्रित भएको थियो। त्यतिबेला इरान र अमेरिकाबीचको सम्बन्ध निकै चिसिएको थियो। तीन दशकदेखिको तनावपूर्ण सम्बन्धका कारण इरानी सर्वोच्च नेता अली खामेनीले आफ्ना खेलाडीलाई अमेरिकी खेलाडीहरूसँग हात नमिलाउन आदेशसमेत दिएका थिए। तर, इरानी खेलाडीहरूले शान्ति प्रस्तावका रुपमा अमेरिकी खेलाडीलाई शान्तिको प्रतीक सेतो गुलाव दिएर सँगै फोटो खिचेका थिए। खेल पनि शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको थियो। उक्त खेलमा इरानले अमेरिकालाई २–१ गोलले प...