११ श्रावण २०८१, शनिबार

Tag: आउटसाेर्स

श्रम राेजगारिकाे माग राख्दै आउटसाेर्सका कर्मचारीेेहरु टेलिकमकाे कार्यलयमा धर्ना

श्रम राेजगारिकाे माग राख्दै आउटसाेर्सका कर्मचारीेेहरु टेलिकमकाे कार्यलयमा धर्ना

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं ।आउटसाेर्सका कर्मचारीहरुले श्रम व्यवस्था र रोजगारी सुरक्षाको माग राख्दै नेपाल टेलिकमको केन्द्रीय कार्यालय घेर्न पुगेका छन् । विगत पाँच दिन यता रोजगारी सुरक्षाको माग गर्दै तिन सय हाराहारीमा रहेका त्यस्ता कर्मचारीले टेलिकमको कार्यालय घेर्न थालेका हुन् । आवश्यकताअनुसारको सेवा दिन ‘आउटसोर्स’को सम्झौता गरेको गरुड सपोर्ट सर्भिसका कर्मचारीले टेलिकमको कार्यालय घेराउ गर्दै आएका हुन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका भन्छन श्रम ऐन, २०७४ को परिकल्पना विपरीत गरुड सपोर्ट सर्भिस, आउटसोर्स’ कम्पनीसँग सम्बन्ध नै छैन। ‘हामीले आवश्यकताअनुसार फाइबर बिछ्याउने लगायतका कामका लागि गरुड सपोर्ट सर्भिससँग सम्झौता गरेका थियौं । अहिले उक्त सम्झौता सकियो ।’आउटसोर्स’ कर्मचारी उपलब्ध गराउने कम्पनीसँगको सम्झौता सकिएपछिको दायित्व टेलिकमलाई नआउने अधिकारीको भनाइ छ । ‘अहिले टेलिकमलाई आवश्यक छैन । आवश्यक...