११ श्रावण २०८१, शनिबार

Tag: अनमाेल केसी

अनमोलको छड्के चार फिल्म संग जुध्ने भयाे ।

अनमोलको छड्के चार फिल्म संग जुध्ने भयाे ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
नेपाली फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने भएको छ। यसअघि साेही मितिमा ‘छक्का पन्जा ४’, ‘वर एन्ड बधु’, ‘परस्त्री’ र ‘बुलाकी’ प्रदर्शन हुने पक्का भैसकेको छ। यही मितिमा ‘छड्के २’ पनि रिलिज हुने भएपछि ५ फिल्मको भिडन्त हुने देखिएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। अनमोल केसी स्टारर यो फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन्। निगमकै लेखन तथा निर्देशन रहेको फिल्ममार्फत ग्याङस्टारको कथा भन्न खोजिएको छ। लभस्टोरी फिल्ममा रुचाइएका अनमोल पहिलोपटक ग्याङस्टारको अवतारमा देखिँदै छन्। फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी गरेका छन्। निर्भान फिल्म स्कुल र लक्ष्मण काफ्ले फिल्मका कार्यकारी निर्माता हुन्।...