११ श्रावण २०८१, शनिबार

Tag: अख्तियार

न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध   : अख्तियार

न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध : अख्तियार

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार
    काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतप्रति अनास्था फैलाउने विषय कल्पनासमेत गर्न नसकिने प्रस्ट पारेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट मुद्दाको विपक्षमा भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । त्यसको दुई दिनपछि नेपाल बार एसोसिएसनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारको अभिव्यक्तिप्रति स्वतन्त्र न्यायापालिकाविरुद्ध भएको भन्दै ध्यानाकर्षण गराएको थियो । बारले विज्ञप्ति जारी गरेलगत्तै अख्तियार स्वतन्त्र न्यायापालिकाप्रति अनास्था फैलाउने कुरा कल्पनासमेत गर्न नसकिने जनाएको हो । 'यसै सन्दर्भमा चालु आर्थिक वर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्...