![जुम्लाका ग्रामीण भेगमा अखाद्य तथा म्याद नाघेका बस्तु बिक्री बितरण/१४ हजार बराबरको सामान प्रशासन द्वारा नस्ट।](https://tuphannews.com/wp-content/uploads/2022/12/inbound6701417517771972339.jpg)
जुम्लाका ग्रामीण भेगमा अखाद्य तथा म्याद नाघेका बस्तु बिक्री बितरण/१४ हजार बराबरको सामान प्रशासन द्वारा नस्ट।
गिता कुमारी शाही ।
९ पुस जुम्ला । सिंजा गाउँपालिका ३ अवस्थित नराकोट बजारको अनुगमन गरिएको हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले बजारका १७ वटा पसलको अनुगमन गरेको हो। धेरै पसलमा मिति सकिएको सामानहरु भेटिएको रिजालले बताइन्। उनका अनुसार किराना, खुद्रा, मोबाईल पसल र होटलहरुको अनुगमन गरिएको छ।
अनुगमन टोलीले १३ हजार ९ सय ८० रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको रिजालले बताइन्। बरामद गरिएका सामानहरु गाउँपालिका जनप्रतिनिधिको रोहोबरमा नष्ट गरिएको हो।
अनुगमनमा उद्योग तथा उपाभोक्त हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा, आन्तरिक राजश्व कार्यालय जुम्लाका खेम प्रसाद उपाध्याय, उद्योग वाणिज्य संघ जुम्लाका प्रतिनिधि नन्द बहादुर गुरुङ्ग, खाद्य प्रविधि तथा गुण नियणन्त्र डिभिजन कार्यालय जुम्लाका भरत रोकाया लगायत सहभागि...