१२ आश्विन २०८१, शनिबार

Breaking News

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

धादिङ केन्द्र बिन्दु भयर ६.१ म्याग्निच्युटकाे भुकम्प गयकाे पुष्टि

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको हाे।  
काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

काठमाडौंमा ७:३९ मा भुकम्प काे धक्का

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।काठमाडौं उपत्यकामा ७:३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

दशैँ मनाउन घर जानेकाे बढेकाे ताँती ,”फाेटाे फिचर”

Breaking News, मनाेरन्जन, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं। दशैंकाे बेला काठमाडौं देखि घर फर्किनेहरुको जताततै ताती लागेको छ। नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ भने एयरपोर्ट मा पनि तेत्तिकै भिडभाड देखिन्छ । यातायात ब्यवस्था बिभाग ले यात्रुहरुकाे सहजका लागि गत असाेज २२ गते देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेपछि प्राय काठमाडौं देखि विभिन्न ठाउँका लागि छुट्ने बसहरु बुकिङ भय पछि,थप गाडिहरुकाे ब्यवस्था गरेर पनि यात्रुहरूलाई गन्तव्यमा पुर्याउने र कसैले दुख नपाउने गरि सबै तिर टिम परिचालन गरियकाे नयाँ बसपार्क स्थित काउन्टर संयोजक ले बताय । यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेक...
त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं ।काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले हङकङसँग खेल्दैछ । यूएईसमेत सहभागी यस सिरिजमा यसअघिका दुई खेल जित्दै सानदार सुरुवात गरेको घरेलु टोली नेपाल आजको खेल जित्दै फाइनलमा पुग्ने योजनामा हुनेछ । नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आजको खेलमा हङकङलाई पराजित गरेमा नेपाल एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले पहिलो खेलमा उत्कृष्ट साझेदारी गरेका थिए । कप्तान रोहितले पहिलो खेलमा अविजित ५१ र दोस्रो खेलमा अविजित २५ रन बनाएका थिए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत पाउन सकेका छैनन् । आसिफले दोस्रो खेलमा ४२ रन बनाएका थिए । वान डाउनमा खेलेका कुशल मल्लले पनि सोचे अनुसार प्रदर्शन गर्न सकेका छैनन् । नेपाल र हङकङबीचको खेल मुलपानी क्रिकेट ...
जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

जाजरकोटमा विभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरियाे

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट । यातायात व्यवस्थापन समिति जाजरकोटले जिल्ला देखि बिभिन्न ठाउँका लागि छुट्ने र आगमन हुने सवारी साधनको भाडादर निर्धारण गरेकाे छ । बिहिवार प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे अध्यक्षतामा बसेकाे बैंठकले जिल्ला का विभिन्न ठाउमा जाने र आउने सवारी साधनहरुकाे भाडादर निर्धारण गरियकाे हाे । बैंठकमा जिल्ला स्थित सबै स्थानीय तहका उप प्रमुख र उपाध्यक्ष, जिल्ला स्थित सबै कार्यलय का प्रमुख हरुकाे सहभागी रहेकाे थियाे। जिल्ला सम्पुर्ण स्थानीय तहहरुमा निर्माण गरियका सडक खण्डहरुमा यातायातका साधनहरुकाे भाडादर निर्धारण का लागि सम्बन्धि स्थानीय तहबाट भाडादर निर्धारण सम्बन्धि प्रतिवेदन तयार गर्ने र आगामी बैंठकदेखि निर्धारण गर्ने । राताे नम्बर प्लेटका गाडिले यात्रु बाेकि यातायात संचालन गर्नमा पुर्ण रुपमा बन्द गर्ने र यदि गरियकाे देखियमा कानुन बमोजिम कार्वाही गर्ने । प्रत्येक सवारी साधनहरुमा अ...
चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

चाडपर्वमा उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न, प्राधिकरणलाई ऊर्जा मन्त्रीको निर्देशन

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उप कार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उनले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् । ‘कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्ष दिनभर राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यस कारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ‘ मन्त्री बस्नेतले भने ‘पूर्णरूपमा जिम्मेवार भएर काम गर्...
काेशी प्रदेशका केदार कार्कीले पाए विश्वासको मत

काेशी प्रदेशका केदार कार्कीले पाए विश्वासको मत

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए ।राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले कार्कीलाई मत दिएका छन् । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए । संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कार्कीले आफ्नो दलका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थन जुटाएर दाबी गरेका थिए । समर्थनकर्ताहरुले हस्ताक्षर सनाखत गरेपछि कार्की २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए ।...
राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्छ : जनार्दन शर्मा “प्रभाकर”

Breaking News, यातायात, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा "प्रभाकर"ले  राष्ट्रिय सहमतिकाे सरकार बनाउनु पर्ने बताय । बुधबार नेकपा(माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटी वडा नं. १६ ले दशैँको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले आगामी चुनाव मा कसैसँग गठबन्धन नगर्ने बताए । ‘हाम्रो पार्टी कसैसँग गठबन्धन गरेर चुनाव लड्दैन। हामी एक्लै लड्छौँ। एक्लै प्रतिस्पर्धा गर्छौ र एक्लै प्रतिस्पर्धा गर्ने हैसियत हाम्रो पार्टीको बनाउने योजना छ। कसैसँग मिल्दैनौँ। यो प्रतिवद्धता हो। संकल्प हो। यो कुरालाई म स्पष्ट गर्न चाहन्छु,’ उनले भने।उनले प्रदेश सरकारलाई छिटो भन्दा छिटो अधिकार हस्तान्तरण गरेर प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने बताए। राष्ट्रिय सहमति गरेर जानुपर्छ। यदि राष्ट्रिय सहमती गर्ने होइन भने के देखियो भने सरकार पनि कतिदिन चल्ने? कति महिना चल्ने? भन्...
गैरआवासीय नेपालीलाई सरकारद्वारा नागरिता प्रदान

गैरआवासीय नेपालीलाई सरकारद्वारा नागरिता प्रदान

Breaking News, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं ।सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् । नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए ।गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।...
जाजरकोटकाे जनसंख्या विवरण, जनगणना २०७८ अनुसार

जाजरकोटकाे जनसंख्या विवरण, जनगणना २०७८ अनुसार

Breaking News, पुर्वाधार, राष्ट्रिय, संस्कृति, समाचार
१.घरधूरी १.१ जाजरकोट जिल्लाको कूल परिवार संख्या ३७,४६६ १.२ परिवार संख्या सवै भन्दा वढी भएको स्थानीय तह भेरी नगरपालिका ८८७४ १.३ परिवार संख्या सवै भन्दा कम भएको स्थानीय तह शिवालय गाउंपालिका २८०६ २ जनसंख्या २.१ कूल जनसंख्या १,८९,३६० २.२ कूल पुरुष संख्या ९४,०६३ २.३ कूल महिला संख्या ९५,२९७ २.४ पुरुष र महिलाको जनसंख्या वीच अन्तर महिलाको संख्या १,२३४ वढी २.५ पुरुषको जनसंख्या वढी भएका स्थानीय तह नलगाड नगरपालिका र वारेकोटगाउंपालिका२.६ महिलाको जनसंख्या वढी भएका स्थानीय तह कुशे, जुनीचांदे र शिवालय गाउंपालिका तथा छेडागाड र भेरी नगरपालिका २.७पुरुषको जनसंख्या वढी भएका वडा संख्या २५ २.८ महिलाको जनसंख्या वढी भएका वडा संख्या ५१ पुरुष र महिलाको जनसंख्या वरावर भएका वडा संख्या १ ३. लैंगिक अनुपात ३.१जाजरकोट जिल्लाको कूल लैंगिक अनुपात ९८.७१ ३.१लैंगिक अनुपातमा असमानता वढी रहेको स्थानीय तह भेरी...