९ असार २०८३, मंगलवार

Breaking News

श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

श्रमिक कम्युनिस्ट पार्टीले उप निर्वाचन बहिस्कार गर्ने घाेषणा गरेकाे छ

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी नेपालले उप निर्वाचन बहिष्कार गर्ने घाेषणा गरेकाे छ । पुर्ण बहादुर सिंह ´समरजंग`नेतृत्वको श्रमिक कम्युनिस्ट पार्टी नेपालले यहि मंसिर १६ गते हुने उप निर्वाचनलाई सशक्त बहिष्कार गर्ने बतायकाे छ । पार्टीका संयाेजक सिंहले एक बिज्ञप्ती जारी गर्दै उक्त चुनाव लाई बहिष्कार गर्ने घाेषणा गरेका छन । याे संसदीय ब्यवस्था सबै हिसाबले असफल, नकाम र बदनाम भईरहेकाे र जन्ताकाे पक्षमा नभयकाे भन्दै सम्पुर्ण नेपालीले बहिस्कार ,अवज्ञा,बहिष्कार तथा खारेजी गर्नु पर्ने बिज्ञप्तिमा उल्लेख छ । यहि मंसिर १६ गते देशका विभिन्न ठाउमा विभिन्न कारणले रिक्त भयका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख उप प्रमुख,गाउँँपालीका अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष र सदस्यहरुकाे पदका लागी देशै भरिका ४४ ठाउहरुमा निर्वाचन आयाेगले चुनाब गर्न लागेकाे छ । पार्टी द्वारा जारी विज्ञप्ति यस्तो छ : ...
काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं : काठमाडौं काे नयाँ बसपार्क नजिकै, बिष्णुमति नदिकाे छेउमा रहेका अस्थायी टहरामा रहेका पसलहरु आज देखि हटाईएकाे छ ।बिगत लामाे समयदेखि संचालनमा रहेका पसलहरु काठमाडौं महानगरले हटायपछि उक्त ठाउमा पसल गर्दै आयका ब्यापारी हरु निराश भयका छन्,। विभिन्न जिल्लाबाट उक्त ठाउमा बिगत लामाे समयदेखि कपडा पसल संचालनमा गर्दै आयका ब्यापारीहरु अहिले सामान आफू बस्ने काेठामा थन्क्याएर बसेकाे बताउछन, "महानगरले याे गर्नु स्वभाविक हाे तर हामीलाई कतै ब्यापार गर्ने ठाउँ दियकाे भय खुसि हुने थियौं "। महानगरले अहिले सबै ठाउमा अवैधानिक रुपमा ब्यापार गर्दै आयका र सार्वजनिक ठाउहरुलाई ब्यक्तिगत रुपमा विभिन्न प्रयाेजनका लागि भाेगचलन गरेका ठाउहरुमा तत्काल राेक्न समेत अल्टिमेटम दिएकाे छ,। उक्त ठाउहरुलाई तत्कालै ब्यवस्थापन गरेर सुन्दर र नमुना शहर बनाउने महानगरकाे उद्धेश्य रहेकाे छ । काठमाडौं मा जनघनत्व बढेपछि र सवारी...
युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न

युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न

Breaking News
काठमाडौं । युवा साहित्यकार एन.बी.अन्जानको “ अन्जान एकल साँझ”गजल वाचन तथा गायन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आज दर्जनौ साहित्यकार ,दर्शक,श्रोता तथा मिडियाकर्मीहरुको बिचमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पत्रकारीता तथा लेखनक्षेत्रका प्रबुद्ध व्यक्तित्व तारा बरालको बिशेष उपस्थिति रहेको थियो । कवी प्रज्वल अधिकारीको संयोजन तथा गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रम सन्चालन तथा सहजिकरण चर्चित गजलकार बाबु त्रिपाठीले गर्नु भएको थियो भने गायनमा राज सागरले अन्जानलाई साथ दिनु भएको थियो । लामो समयदेखि लेखन तथा साहित्य क्षेत्र अन्तर्गत बिबिध बिधामा कार्य गरिसक्नु भएका अन्जानले आफ्नो गजल वाचन गरिरहँदा हलबाट वान्स् मोरको बर्षा समेत भएको थियो । चुपचाप साधनामा रहेर हल्लाभन्दा बाहिर बसेर गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्नुहुन्छ, ...
काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

काठमाडौंबाट रुकुम राडि गईरहेकाे यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ ।   काठमाडौंबाट रुकुमको राडी गइरहेकाे प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरकाे बस शनिबार दिउसो  रिठा नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना घाइते भएको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो । बस सडकबाट करिब १०० मिटर तल बिजुलीकाे पाेलमा अड्किएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार बिजुलीकाे पाेलले बसलाई भेरी नदीमा खस्नबाट जाेगाएकाे छ । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । बसमा ८ जना यात्रु मात्र रहेकाे बुझिएकाे छ । एक जना पाेखराबाट आएका यात्रु र अरू बाँकी सबै मुसिकाेट लगायतका ठाउँबाट गएका लाेकल यात्रु रहेकाे बुझिएकाे नगर प्रमुख केसीकाे भनाई छ । थप विवरण आउन बाँकी रहेको छ ।...
न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ? सडक बिस्तारको नाममा जनतालाई सास्ति कहिलेसम्म ?

न्याय माग्न आन्दोलन गर्नै पर्ने हो ? सडक बिस्तारको नाममा जनतालाई सास्ति कहिलेसम्म ?

Breaking News, विचार
बिकासको मुल आधारको रुपमा लिईने सडक निर्माण र सडक निर्माणको कारण आम नागरिकमा परेको प्रभावबारे सायद कमै मानिसहरुलाई मात्र जानकारी नहोला । यो समाजका भद्र भलाद्मि,बुद्धिजीवि,राजनीतिकर्मी तथा समाजसेवी सबैलाई सडक निर्माण बाट हुने फाईदा तथा सडक निमार्णको क्रममा गरिने लापर्वाहीको कारण हुने क्षतिको बारेमा पुर्ण जानकारी छ तर सिमित स्वार्थ पुरा हुने आशमा त्यस्ता लापर्वाही र त्यसले आम मानिसको जिवनमा पारेको प्रभाव बारे चुईक्क बोल्दैनन् । यतिबेला चक्रपथ उत्तरखण्ड अन्तर्गत पर्ने कलंकी चाबहिल सडक बिस्तार तथा निर्माणको क्रममा रहेको छ । नेपाल सरकार ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय ,सडक बिभाग ,काठमाडौं चक्रपथ सुधार योजनाको मातहतमा कार्य भईरहेको यस भागमा भएको लापर्वाहीको कारण लाखौं जन समुदायको स्वास्थ्यमा गम्भिर असर पर्नुको साथै हजारौं हजार साना ब्यवसायीहरुको रोजिरोटी समेत खोसिएको छ । २०७५ सालमै चिन स...
ग्रील तथा स्टील व्यवसायीहरुको शुभकामना आदान प्रदान र प्राथमिक उपचार बक्स वितरण कार्यक्रम सम्पन्न

ग्रील तथा स्टील व्यवसायीहरुको शुभकामना आदान प्रदान र प्राथमिक उपचार बक्स वितरण कार्यक्रम सम्पन्न

Breaking News
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं,पश्चिमक्षेत्र अन्तर्गत पर्ने बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको आयोजनामा भएको शुभदिपावली,नेपाल संवत् ११४५तथा छठ पर्व २०८१को शुभकामना आदानप्रदान,चियापान र ग्रील तथा स्टील व्यवसायको कार्यस्थलमा हुने सामान्य दुर्घटनामा प्रयोग गर्न सकिने प्राथमिक उपचार बक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । एरिया समितिको कार्यालय चःमतीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ अतिथिको रुपमा महासंघका प्रथम उपाध्यक्ष केदार अधिकारी,महासंघका उपाध्यक्ष जिवन भट्टराई,महासंघका केन्द्रिय सदस्य बालमुकुन्द नकर्मी,तोक बहादुर गधराज(तोकेन्द्र),काठमाडौं जिल्लाका उपाध्यक्ष राम प्रमोद ठाकुर रहनु भएको थियो भने कार्यक्रम एरिया समितिको अध्यक्ष राजकुमार खड्काको सभापतित्वमा भएको थियो । एरिया समितिका सचिव ...
सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्ती माध्यम बाट अगाडि बढ्छाै : प्रचण्ड

Breaking News, राजनीति
काठमाडौं :नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले अब सशस्त्र जनयुद्धको माध्यम बाट हाेईन जनक्रान्तिकाे माध्यमबाट अगाडि बढ्ने बतायका छन्। माओवादी केन्द्र का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आज काठमाडौंकाे खबरदारी सभालाइ सम्बाेधन गर्द‌ै भने "तपाईहरुले ढुक्कसँग सरकार चलाए हुन्छ, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ, माओवादी अब तपाईंलाई साथ लियर पनि जादैन र तपाईंका पछि पनि लाग्दैन ।बिगतमा कांग्रेस र एमाले संग सत्ता सहकार्य गरेर गल्ती गरेकाे बताय । प्रचण्डले अगाडि भने -हामी अलिअलि बिग्रिन थालेका थियौं ! जनताबाट कट्न थालेका थियौं, तपाईहरुले हामीलाई बेलैमा निकालिनिुभयो र जनतातिर फर्काइदिनुभयो ।’ माओवादीले फेरि कांग्रेस फकाउला वा एमाले फकाउला भन्ने चिन्ता नलिन पनि उनले आग्रह गरे । उनले अब कांग्रेस र एमालेसँग मिलेर चुनाव नलड्ने समेत बताए । जति सिट ल्याए पनि एक्लै ...
माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

माओवादी केन्द्रले गर्याे भ्रष्टाचार विरुद्ध जन प्रदर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध काठमाडौंमा जन प्रदर्शन गरेकाे  छ । जन प्रदर्शन सुन्धारा बाट र्यालि,नारा जुलुस सहित भृकुटीमण्डपकाे प्रदर्शनीमार्गमा  पुगेर सभामा परिणत भएको छ । सभालाई पार्टी अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरूले  सम्बोधन गर्ने तयारीमा छ। माओवादीकाे याे प्रदर्शन २०६४ साल यताकाे ठुलाे जन प्रदर्शन भयकाे बिश्लेषकहरुले बतायका छन । सत्ता बाहिर भय पछि नेकपा माओवादी केन्द्र ले यतिवेला देशै भरि संगठन बिस्तार र जन भेटघाट कार्यक्रमलाई तिब्रता दिईरहेकाे छ ।...
श्रमिक कम्युनिस्ट पार्टीद्वारा “विचार गाेष्ठि” कार्यक्रम सम्पन्न

श्रमिक कम्युनिस्ट पार्टीद्वारा “विचार गाेष्ठि” कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे आयाेजनामा विचार गाेष्ठी कार्यक्रम सम्पन्न भएको छ ।"नेपालकाे कम्युनिस्ट आन्दोलनमा कार्यदिशाकाे प्रश्न" विषयक विचार गाेष्ठी कार्यक्रम काठमाडौं पुरानो बानेश्वर चाेक ओम साई पाटी प्यालेसमा शुक्रबार  सम्पन्न भएको हाे ।गाेष्ठीमा वाम राजनीति विष्लेशक हिरण्यलाल श्रेष्ठ, श्याम श्रेष्ठ ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपालकाे लागि चिनका पुर्व राजदूत टंक कार्की र राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर सुरेन्द्र केसी लगाएतका राजनीतिक विश्लेषक र अन्य नेताहरूले बहस गरेका थिय। बहसमा कम्युनिस्ट हरुले अहिलेसम्म परम्परावादी कार्यदिशा निर्माण गर्ने अथवा थाेरै शब्दमा फरक देखाएर अर्को पार्टी निर्माण गर्ने राेग कम्युनिस्ट हरुमा देखिने समस्या भएकोले श्रमिक कम्युनिस्ट पार्टीले त्यसाे नगरि नयाँ तरिकाले कार्यदिशा निर्माण गर्न सुझाव दिएका छन ।कार्यदिशा निर्माण गर्दा वास्...
कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट : कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रि परिषदकाे कार्यलय वीरेन्द्रनगर सुर्खेतकाे आयाेजनामा जाजरकोटकाे खलंगामा "प्रदेश विशेष सार्वजनिक सेवा प्रवाह सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम"सम्पन्न भयकाे छ । आइतबार जाजरकोट जिल्लाकाे सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभा हलमा भयकाे उक्त कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख - उपप्रमुख, अध्यक्ष - उपाध्यक्ष र जिल्लामा रहेका संघ प्रदेश अन्तर्गतका सरकारी कार्यलयका प्रमुखहरुकाे सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल,आर्थिक मामिला तथा याेजना मन्त्री तथा जाजरकोट क्षेत्र नम्बर "ख" संसद राजिव बिक्रम शाह र पुर्व आर्थिक मामिला तथा याेजना मन्त्री जाजरकोट क्षेत्र नम्बर "क"का संसद  बेदराज सिंहकाे विशेष उपस्थिति रहेकाे उक्त कार्यक्रममा प्रदेश अन्तरगत रहेका विभिन्न बि...