६ महिनापछि नेप्से २८ सय माथि, वृद्धितर्फ डाेर्याउँदै वाणिज्य बैंक
काठमाडौं । ६ महिनापछि नेप्से परिसूचक २८ सय विन्दु माथि आइपुगेको छ। गत भदौ १७ गते बजार बन्द हुँदा २८३० मा रहेको नेप्से त्यसपछि पहिलो पटक २८ सय पार गरेको हो।
बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक २८१५ मा आइपुगेको छ। नेप्से परिसूचक मात्रै होइन कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ९ अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब ३९ करोड रूपैयाँको सेयर कारोबार भएको हो।
पछिल्लो केही समययता कारोबार रकममा उच्चले सुधार देखिन थालेको छ। वाणिज्य बैंकहरूको मूल्यमा समेत सुधार हुन थालेपछि बजार बढ्न थालेको हो। यो समूहको मात्रै ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा छ।
सामान्यता फागुन अन्त्यदेखि बजार बढ्ने प्रवृत्ति देखिने भएकोले पनि बजारमा सुधार हुँदै जान थालेको मानिएको हो।
चैत अन्त्यपछि आउने कम्पनीहरूको वित्तीय विवरणको आधारमा वार्षिक नाफाको ...









