२०८३ असार २०, शनिवार

Author: तुफान न्यूज

शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

शैक्षिक सामाग्री सहित बुढानिलकण्ठ नगर काठमाडौं टिम जाजरकोटमा

Breaking News, खेल, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
जाजरकोट :बुढानीलकण्ठ नगरपालिका हात्तिगौडा काठमाडौंका प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा र नगर शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंह जाजरकोट आइपुगेका छन् । अन्तरपालिका शैक्षिक साँझेदारीमा कार्यक्रम संचालन गर्न बुढानीकण्ठ नगरपालिकाका प्रमुख, उप–प्रमुख सहित नगर शिक्षा महाशाखा प्रमुख जाजरकोट पुगेका हुन् ।भेरी नगरपालिकाको सभाहलमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर अन्तरपालिका शैक्षिक अनुभव आदान प्रदान गरिएको थियो । “अन्तरपालिका सहकार्य, शैक्षिक सुधारका लागि अपरिहार्य” को मान्यतामा रहेर आयोजना गरिएको शैक्षिक अनुभव आदान प्रदान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी र भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, बारेकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा...
सुरू नहुँदै तहसनहस भयो महोत्सवस्थल

सुरू नहुँदै तहसनहस भयो महोत्सवस्थल

समाचार
काठमाडौं। महोत्सव यही चैत २२ गतेदेखि सुरू भई वैशाख ३ गतेसम्मका लागि तय भएको थियो, तरपाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ।   बुधबार रातिको हावाहुरीसहितको वर्षाका कारण महोत्सव प्रभावित बनेको हो।   बुधबार कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो।असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बाल बच्चादेखि बुढापाकाबीच भागदौड मच्चिएको थियो।   वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरी आज सञ्चालन गर्ने तयारीमा आयोजक थिए। तर बुधवार राति १ बजेबाट चलेको ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबार लगायत ढलेका छन्। जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ।   महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका स...
वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान अध्यक्षको निर्णय अदालतले गरिदियो खारेज

वडाध्यक्षलाई कार्यवाहक दिने ग्रामथान अध्यक्षको निर्णय अदालतले गरिदियो खारेज

समाचार
काठमाडौं। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई दिएको कार्यावाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ।   उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक दिएका थिए भने उनी माओवादी नेताहरूसँग चीन भ्रमणमा गएका थिए। आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णयविरुद्ध उपाध्यक्ष थारु अदालत गएकी थिइन्।   बिहीबार उनको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले वडाध्यक्षलाई जिम्मेवारी दिने अध्यक्षको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो। उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट बञ्चित हुने ...
जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

जाजरकोटमा विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि खेलकुद कार्यक्रम अन्तरगत जाजरकोट जिल्लामा सुरु भएको सहिद विदुर स्मृति यू–१९ भलिबल कप सम्पन्न भएको छ । यही चैत्र २४ गते देखि जिल्लाको त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गण थाप्लेमा सुरु भएको भलिबल खेल चार दिन सञ्चालन भएको थियो । जनयुद्धका सहिद कर्ण बहादुर विक (विदुर) को स्मृतिमा सञ्चालन भयकाे उक्त प्रतियोगिता यस वर्ष पनि सञ्चालन गरिएको हो । खेलमा १९ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता हुन पाउने व्यवस्था गरिएको थियो । उक्त प्रतियोगिताको आयोजना सहिद स्मृति युवा क्लवले गरेको थियो भने, भेरी नगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक थियो । ज्योति विकास बैंकको सह प्रायोजन र अन्य विभिन्न निकाय र व्यक्तिहरुको सहयोगमा प्रतियोगिता सञ्चालन भएको थियो । भेरी नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको कार्यक्रमले खेलाडी उत्पादन गर्नुका साथै लाग...
संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

संघीयता खारेजको माग गर्दै जनमोर्चाको प्रदर्शन

समाचार
काठमाडौं। राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ ।   सोही आन्दोलन अन्तर्गत आज गौसलाबाट जुलुस सुरु गरी मैतिदेवी, डिल्लीबजार हुँदै काठमाडौंको भृकुटीमण्डपमा पुगेर सभा गरेको हो ।   प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापनालागि प्रयत्न गरिरहेका भन्दै त्यस प्रकारको प्रतिरोधको सामना गर्नु पनि अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको जनमोर्चाको भनाई छ ।   नेपालको राष्ट्रियतामाथि लगातार आक्रमण बढाउँदै लैजानुका साथै अब उनीहरूले नेपाललाई युद्धको अखडा बनाउन पनि प्रयत्न गरिरहेको हुनाले नेपालका शासक वर्ग वा विभिन्न राजनीतिक पार्टीहरूका साम्राज्...
मोटरसाइकल दुर्घटनामा असईको मृत्यु

मोटरसाइकल दुर्घटनामा असईको मृत्यु

समाचार
काठमाडौं । बाँकेमा ट्याक्टरमा ठोक्किएर मोटरसाइकलमा सवार एक जना नेपाल प्रहरीका सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।   बुधबार दिउँसो २ बजे जानकी गाउँपालिका-४ मानपुरस्थित नेपालगञ्ज गुलरिया सडकखण्डमा रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि मोटरसाइकल ठोक्किँदा असई टोपबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए।   उनका अनुसार लु. ७८ प ३८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा कोहलपुर नगरपालिका–२ का ४५ वर्षीय असई बस्नेत गम्भीर घाइते भएका थिए।   बस्नेतलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जिवनी मेडिकल कलेज अफ साइन्समा पुर्‍याइएको थियो। केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।   प्रहरीका अनुसार उनी कार्यालयको कामको सिलसिलामा बाँके आएर बर्दिया तर्फ फर्किँदै गर...
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने

Breaking News
काठमाडौं – नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुहुने भएको छ। नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको यो यो कार्यक्रमलाई ऐतिहासिक सम्मेलनको रूपमा लीएको छ, जहाँ विश्वभर रहेका नेपाली सेफहरू एकै ठाउँमा भेला भई नेपाली खानाको प्रवर्द्धन, गुणस्तर सुधार र सेफहरूको क्षमता विकासमा योगदान दिने उद्देश्य राखिएको छ। म​ङ​ग​ल​वार​ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेसँग भएको भेटमा सम्मेलनका केन्द्रीय संयोजक अरुण अधिकारीले मन्त्रीलाई कार्यक्रममा सहभागी भई उद्घाटन गरिदिन आग्रह गर्नु...
साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा चियापान कार्यक्रम हुँदै

साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा चियापान कार्यक्रम हुँदै

समाचार
काठमाडौं। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले आगामी चैत्र ३० गते शनिवार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त चियापान कार्यक्रम काठमाडौं, बसुन्धारा चौकी स्थित साउथ वेष्टर्न स्टेट कलेजको सभाहलमा हुन लागेको हो । साँगेबासी बिचमा एकता एवम् भाइचारा अभिबृद्धी र संस्कृतिको जगेर्ना गर्ने हेतुले चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्न लागिएको साँगे सभ्यता संरक्षण तथा विकास अभियानका संयोजक सुरेन्द्र वाग्लेले जानकारी दिनुभयो । साथै उहाँले दिउँसो ११:३० बजेबाट कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ । त्यसैगरि अभियानका महासचिव सरोज ओझाले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा साँगे खोलाको शिर भाग क्षेत्रदेखि मादिको संगमस्थतसम्मको पानीढोलो क्षेत्र थाँतथलो भएका वा हाल बसोबास गर्ने सबैलाई स-परिवार उपस्...
६ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी महिला पक्राउ

६ किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी महिला पक्राउ

समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो गाँजासहित प्रहरीले एक विदेशी महिलालाई पक्राउ गरेको छ।   थाई एयर टिजी ३१० मार्फत् बैंककबाट काठमाडौं आएकी २६ वर्षीया मिस कंनोकवान पोंगसुवान पक्राउ परेकी हुन्।   उनलाई विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोको एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।   ...
तीनकुने घटनामा शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठ पक्राउ

तीनकुने घटनामा शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठ पक्राउ

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शाही युवा शक्तिका दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।   शाही युवा शक्तिलाई नेतृत्व गर्ने पशुपति खड्कालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। उनीपछिको वरीयतामा रहेका श्रेष्ठलाई कार्यालयको टोलीले सोमबार गोंगबुबाट पक्राउ गरेको हो।   उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी भइरहेको छ।   प्रहरी परिसरको हिरासतमा मात्रै ७३ जना छन्। उनीहरूमाथि राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव गर्न नहुने र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ। ...