१५ बैशाख २०८३, मंगलवार

Author: तुफान न्यूज

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकाेट :जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ उनले भने, ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’ प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो । जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ‘गा...
जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

Breaking News, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । गत साल कार्तिक १७ गते राति जाजरकोटकाे बारेकाेट गाउपालिका अन्तर्गत रामिडाँँडा केन्द्र विन्दु भयर गयकाे भुकम्पले ठुलाे धन जनकाे क्षति पुर्‍याएकाे थियाे। भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।...
नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार नवप्रज्ञापनलाई

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार नवप्रज्ञापनलाई

Breaking News
– माधव घिमिरे ‘अटल’ नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता कोष-२०७८, द्वारा यस वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार नवप्रज्ञापन साहित्यिक पत्रिकाका सम्पादक नवराज रिजाललाई अर्पण गरिएको छ । उक्त अवसरमा पुरस्कृत व्यक्तित्व रिजाललाई सम्मान-राशी कोषका कोषाध्यक्ष शङ्कर भारतीले, प्रमाण-पत्र नगेन्द्रराज शर्माले तथा माला रोचक घिमिरेले अर्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगेन्द्रराज शर्माले बितेका दुःखहरू सम्झँदा सुखद अनुभूति हुने भन्दै आफूले अभिव्यक्ति प्रकाशनका क्रममा ४३ रूपैयाँको विज्ञापन ल्याएको स्मरण गरे । उतिखेर कतैबाट उल्लेख्य सहयोग नपाएको गुनासो गर्दै त्यसैलाई सुख सम्झेर आजकल आनन्दित हुने गरेको उनको अभिव्यक्ति थियो । आफू जस्तो सामान्य मान्छेलाई अनेकानेक पुरस्कार, सम्मान र अभिनन्दन अर्पण गरेकामा आफू अत्यन्त कृतकृत्य भएको उनको तर्क थियो । दस रूपैयाँ प्रति...
विहिन दोङको ‘सेम न्हाङरी’ – प्रेमको संवेदनशील अभिव्यक्ति सार्वजनिक

विहिन दोङको ‘सेम न्हाङरी’ – प्रेमको संवेदनशील अभिव्यक्ति सार्वजनिक

समाचार
काठमाडौं । प्रेम केवल भावनाको अभिव्यक्ति मात्र होइन, विश्वास, समर्पण र पारस्परिक सम्मानको आधार पनि हो। यही गहिराइलाई आत्मसात् गर्दै गायक तथा संगीतकार विहिन दोङले आफ्नो नयाँ तामाङ प्रेम गीत ‘सेम न्हाङरी’ सार्वजनिक गरेका छन्। आइतबार बौद्धस्थित सेकुवा जंक्शनमा आयोजित पत्रकार सम्मेलनमार्फत यस गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको हो।   ‘सेम न्हाङरी’ शुद्ध प्रेमभावमा आधारित गीत हो, जसले मायामा विश्वास, सद्भाव, र समर्पणको महत्त्वलाई उजागर गर्छ। प्रेम केवल शब्दहरूमा सीमित हुँदैन, यो अनुभूतिको सुन्दर यात्रा हो, जहाँ घात-प्रतिघातको ठाउँ हुँदैन।   यसअघि गायक विहिन दोङको संगीत तथा आवाज रहेको ‘ङला लिला गुङरी च्यागो’, ‘कसम कसम’, ‘सेमतिङ’, ‘अड्कल लसी आपिन माया’ जस्ता प्रेमगीतहरू अत्यधिक लोकप्रिय भएका छन्। डम्फु मिडिया मार्फत सार्वजनिक गरिएको **‘सेम न्हाङरी’**को अफिसियल अडिय...
भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

भेरी नगरपालिका जाजरकोटद्वारा लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट :भेरी नगरपालिका जाजरकोटले लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । भेरी नगरपालिका ३ खलंगामा रहेको रिद्धि होटेलमा पालिकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगरपालिकाका कर्मचारी,शिक्षक,पत्रकार,यूवा र बालबालिका लगायत प्रहरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री रहनुभएको थियो । त्यस्तै कार्यक्रममा अन्तराष्ट्रिय नार्काेनन् अमेरिका दक्षिण पूर्वी एसियाका प्रमुख बसन्त राज कुवँरले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा कुवँरले लागुऔषधको नकारात्मक प्रभावका बारेमा प्रशिक्षणनात्मक जानकारी गराएका थिए । "यसको प्रयोगले समाजलाई पार्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए । त्यस्तै नगरपालिकाले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि कस...
रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

रविना थापाको संयोजकत्वमा १०० सदस्य एनआरएनए केन्द्रिय विधान समिति गठन

समाचार
काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल समितिको निर्णयअनुसार विभिन्न मूल उपसमितिहरू गठन गरिएका छन्। यही क्रममा, आगामी २०२५ मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुन गइरहेको एकता महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने उद्देश्यले केन्द्रिय विधान समितिलाई पूर्णता दिइएको हो।   समितिले विधान संशोधन तथा निर्माणसम्बन्धी कार्यहरू गर्ने जिम्मेवारी पाएको छ। समितिको संयोजकको रूपमा रविना थापा (यूएसए) चयन भएकी छिन् भने सदस्य सचिवहरूमा कृष्ण (जगन्नाथ) गिरी (अष्ट्रेलिया) र गंगाधर गौतम (बेल्जियम) महेश श्रेष्ठ (जापान)-सदस्य सचिब रहेका छन्। १०० सदस्यीय यस समितिमा विश्वभर रहेका गैर आवा...
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

समाचार
काठमाडौं । सुनसरी कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र सोही उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् ।   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २ सय ७० मिलिग्राम र सनमलाई २६ ग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीले चुनदेवी माविलाई गर्यो ४० लाखको भवन हस्तान्तरण

समाचार
काठमाडौं । थानकोटस्थित चुनदेवी माध्यमिक विद्यालयलाई सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटी यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको सानु तामाङ स्मृति भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।   २०७२ सालको भूकम्पपछि विद्यालय भवन जीर्ण बनेपछि सगरमाथा गोर्खा नेपाली यूथ कम्युनिटीका संचालक चिरन राईको विशेष पहलमा पुनर्निर्माण कार्य अगाडि बढाइएको थियो । बेलायतमा रहेका नेपाली समुदायबाट संकलित करिब ४० लाख रुपैयाँको आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।   बुधबार आयोजित एक विशेष समारोहमा सांसद् राजेन्द्रकुमार केसी, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र चिरन राईले संयुक्त रूपमा विद्यालयलाई भवन हस्तान्तरण गरे ।   कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, नगर शिक्षा शाखा प्रमुख सुदनराज खनाललगायत स्थानीय जनप्रतिनिधिहरूको उ...
पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

समाचार
काठमाडौं ।  काठमाडौंको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम गरिएको छ ।   त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो ।   रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । ...
कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रदेवको रिट आज पनि हेर्दाहेर्दैमा

समाचार
काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।   सर्वोच्च अदालतका न्यायाधीसद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा रहेको हो ।   कुलमानले आफ्नो बर्खास्ती कानून विपरीत रहेको दावी गर्दै मुद्वा दायर गरेका हुन् भने हितेन्द्रदेवले कुलमानको सुरु नियुक्ति नै गलत रहेको दावी गर्दै रिट दायर गरेका हुन् । ...