२०८३ असार २१, आइतवार

Author: तुफान न्यूज

नेपाल नागरिक पार्टी केन्द्रीय उपाध्यक्ष काेईराला समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेश

नेपाल नागरिक पार्टी केन्द्रीय उपाध्यक्ष काेईराला समाजवादी कम्युनिस्ट पार्टीमा प्रवेश

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौ : नेपाल नागरिक पार्टीका केन्द्रीय उपाध्यक्ष दिपक काेइराला समाजवादी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन । समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी नेपालकाे जन्तामा जाओै ! जन्ताकाे सेवा गराै !! उपत्यका केन्द्रीकृत जनअभियान टिम अन्तर्गत आज पार्टीकाे काठमाडौंकाे अभियान टिमले काेईरालालाई कलंकीमा एक कार्यक्रम गरेर पार्टीमा समाहित गरायकाे हाे ।उक्त कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा काठमाडौं अभियान टिम ईन्चार्ज माधव गाैतम ( विनयराज ), पाेलिटब्युराे सदस्य तथा अभियान टिम संयाेजक रेडियम सिंह,केन्द्रीय सदस्य तथा मजदुर नेता शिवि बस्याल,पार्टीका केन्द्रीय सदस्य तथा पार्टीको सहायक संगठन -समाजवादी युवा संगठनका ईन्चार्ज शाेम पाख्रिन, युवा नेता तथा कलाकार भरत घिसिङ लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयकाे थियाे । पार्टी प्रवेश कार्यक्रममा नेपालीको बर्तमान राष्ट्रिय राजनीति ...
आजै पनि कुशे ! कविता

आजै पनि कुशे ! कविता

कविता
आजै पनि कुसे…😥 आजै पनि कुसे… अझै उही छ — पहाडको काखमा चुपचाप बसेको, कहिल्यै नचिच्याउने, तर भित्रभित्रै पीडाले टुक्रिएको। घाम लाग्छ, तर उज्यालो पुग्दैन गाममा, बिजुलीको पोल गाडिएको वर्षौं भयो, तर बत्ती अझै झिल्किएको छैन। सडकको नक्सा बनेको छ, तर हरेक बर्खामा बालक बग्छ — काखमा किताब होइन, खोलो तर्दै जीवन बोकेर। विद्यालय त छ यहाँ, तर भित्तामा चर्किएको छ साक्षरता, कक्षामा टेबल कुर्सी छैन, र पाठशालामा सपना छैन। शिक्षक आउँछन् कहिलेकाहीँ, पढाउँछन् होइन, गन्न आउँछन् — दिन, पैसा, घडी… अस्पताल भनेर चिनिने भवन त छ, भित्र न औषधि, न सेवा, न कोही सल्लाह दिनेसम्म, छ भने बुढी आमाको मुटु दुखिरहेको छ — तर उसले “ठिकै छ” भन्दै झूठ बोलिरहेकी छिन्। आजै पनि कुसे चुप छ… नारा सुनेको छ कुसेले — शिक्षा, स्वास्थ्य, विकास, समृद्धि, तर तिनको स्वाद कहिल्यै चाख्न पाएको छ...
अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

अनेरास्ववियु(क्रान्तिकारी)ले शिक्षा मन्त्रालयमा बुझायो १५ बुँदे ध्यानाकर्षण पत्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) केन्द्रीय समितिले शिक्षा तथा विज्ञान-प्रविधिमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । साेमबार संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे नेतृत्वमा पुगेको टाेलिले मन्त्रालयका सचिव चुरामणि पाैडेल मार्फत शिक्षा तथा विज्ञान-प्रविधि मन्त्री रघुजि पन्तलाई ध्यानाकर्षण पत्र बुझाएको हाे । उक्त संगठनले बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्र जस्ताको त्यस्तै : "श्री शिक्षा तथा विज्ञान-प्रविधिमन्त्री ज्यू शिक्षा तथा विज्ञान-प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौँ, नेपाल विषय : ध्यानाकर्षण पत्र । सङ्घर्ष, बलिदान र विजयको गौरवशाली इतिहासको निर्माता अनेरास्ववियू (क्रान्तिकारी) आम विद्यार्थीका हकहित र शैक्षिक अधिकारको सुनिश्चितताका खातिर अविचलित रूपमा सही विचार, दृष्टिकोण एवम् महान् लक्ष्यसहि...
दुबईमा गुन्जिए कुमा सागर

दुबईमा गुन्जिए कुमा सागर

संस्कृति, समाचार
काठमाडौँ । ४० डिग्रीको उखरमाउलो गर्मी । हलमा एसी जडान त थियो तर, थेगिनसक्नुको भिडका कारण राम्ररी काम गरिरहेको थिएन । असिनपसिन हुँदै कुमासागर गुन्जिँदै थिए– ओ जाने भए जाउ ए माया अब धेरै नसताउ ओ तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो लौ जब उनले मञ्चमा ब्याण्डसहित आफ्नै शैलीमा प्रस्तुती दिनमात्र के थालेका थिए, समर्थकले उनको स्वागतमा चर्को हुटिंग हुन सुरु भइहाल्यो । यूएईको दुबईस्थित अल नासर लेजरल्याण्डको हलमा ४ हजार भन्दा बढी दर्शकको सहभागितामा आइतबार साँझ कुमा सागर र खोप ब्याण्डले धमकेदार प्रस्तुति दिएको हो । गोर्खा साँझ सिजन ३ को उक्त प्रस्तुतीमा कुमा सागर पहिलो पटक दुबईमा गुञ्जिएका हुन् । उनको दुबईमा पहिलो प्रस्तुती भएर पनि होला उनका फ्यानहरु चर्को गर्मीका बिच कार्यक्रम हेर्न आइपुगेका थिए । कुमाले आफ्नो प्रस्तुतीका क्रममा हावाको लहर, ओ चम्पा, चमेलीको फूलसहित नेपाली संगीत र धुनहरु ...
जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

जाजरकोटका हेमराज उपाध्याय दाहालले अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता हासिल गरेका छन

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :हेमराज उपाध्याय दाहाल: जाजरकोटको अनुशासित बाल नेतृत्वकर्ता र अन्तर्राष्ट्रिय विजेता भयका छन ।जाजरकोट जिल्ला, छेडागाड नगरपालिका वडा नम्बर ३ मा बसोबास गर्ने हेमराज उपाध्याय दाहाल एक अनुशासित, प्रतिबद्ध र निडर युवा नेतृत्वकर्ता हुन्। उनी हाल जनप्रिय माध्यमिक विद्यालय, दशेरा, जाजरकोटमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मात्र होइन, छेडागाड नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष समेत हुन्। हेमराजले अन्तर्राष्ट्रिय स्तरको नेतृत्व विकास प्रतियोगितामा भाग लिएर पाँचवटा देशका करिब १,१४५ भन्दा बढी बालबालिकालाई पछि पार्दै विजयी हुने गौरव हासिल गरेका छन्। यस सफलताले मात्र होइन, उनको नेतृत्वशैली, प्रतिबद्धता र आत्मविश्वासले नेपाल र विशेषगरी जाजरकोट जिल्लाको नाम विश्वभरि उजागर गरेको छ। उनी आफ्नो गाउँ, विद्यालय र देशका लागि गर्वको विषय हुन्। हेमराजका पिता लक्ष्मीराम उपाध्याय दाहाल र माता जयनता दे...
बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

बिकास काेषद्वारा भक्तजनका लागि निशुल्क बससेवा

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :पसुपतिनाथकाे मन्दिरमा श्रावन महिनाको सोमबार दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको सहजताको लागि पशुपति क्षेत्र विकास कोषले बिहान ४:०० बजे देखि १०:०० बजे सम्म ४ वटा बसमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेको छ। रुट १ - बल्खु - कलंकी - बालाजु - नारायण गोपाल चोक - चाबहिल हुदैँ पशुपति पार्किङ। रुट २ - बल्खु - सातदोबाटो - कोटेश्वर - ऐरपोर्ट हुदैँ पशुपति पार्किङ। मयुर यातायात संगकाे सहकार्यमा उक्त सेवा संचालन गरेकाे बिकाश काेषले जानकारी दियकाे छ ।...
गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियो सहित )

गायक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक (भिडियो सहित )

Breaking News
काठमाडौ । चर्चित तथा लोकप्रिय गायक तथा सर्जक प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नै शब्द तथा संगीतमा “जर्सी गाईको दूध” बोलको गीत सार्वजनिक गरेका हुन्। रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छ। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छिन्। गीतको म्युजिक भिडीयोमा नृत्य निर्देशन तथा निर्देशन चर्चित कोरियोग्राफर शंकर बीसीले गरेका छन्। शंकर बीसी स्वयं र मोडल रिया खड्काले अभिनय गरेको छ । नविन घर्ती मगरले सम्पादन गरेको भिडियो छायांकन राजेश घिमिरेले गरेका हुन्। गीतलाई स्मृति म्युजिक प्रालिले बजारमा ल्याएको हो। हेर्नुहोस उक्त गितको पुरा भिडियो: https://youtu.be/6ow3oWNNycs?t=2...
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि ठप्प छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् । बहुमत निकट अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर...
मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

मानव सेवा फाउन्डेसनले पशुपतिमा आज देखि महायज्ञ सुरु गरेकाे छ

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौ : आज साउन १ गते नेपालकाे सबै भन्दा ठुलाे धार्मिक स्थल काठमाडौंकाे पशुपति मन्दिरमा महायज्ञ सुरु भयकाे छ ।मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा  “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भ भएको छ ।उक्त फाउन्डेसनले पशुपति क्षेत्र वरिपरि परिक्रमा गरेर महायज्ञ सुरुवात गरेकाे हाे । काठमाडौं महानगरपालिका - १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२आज साउन १ गते देखि आगामी भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” चल्नेछ। यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका -९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ । फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्...
काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

काेल्चाैर गाउमा निशुल्क वितरण गरियाे ईट्टा बनाउने इन्टरलग मेसिन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :भेरी नगरपालिका -१ कोल्चौर टाेललाई निशुल्क रुपमा  इन्टरलक इट्टा बनाउने मेसिन वितरण गरिएको छ । विल्ड अप नेपालको सहयोग तथा वडा कार्यालयले समन्वयमा  उक्त मेसिन गाउँवासीहरुलाई वितरण गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त मेसिन वडा अध्यक्ष दिपक रानाबाट हस्तान्तरण गरिएको हो । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको बारेकोटलाई केन्द्र विन्दु बनाएर गएको भुकम्पले उक्त वडामा धेरै क्षति पुर्‍याएकाे  थियो । भुकम्पका कारण कोल्चौर गाउँका एउटै घरका ६ जनाको ज्यान गएको थियो । माटो र ढुङ्गा बनेका घरहरु भयकाे कारण गाउका प्राय घरहरु भत्केका थिए। भुकम्प पिडित गाउलेहरुलाई राहत होस भनेर इन्टरलक इट्टा बनाउने मेसिन निःशुल्क उपलब्ध गराएको विल्ड अप नेपालका कर्मचारी राजकपुर लिम्बुले बताए । इन्टरलक इट्टाले संरचनालाई भुकम्प प्रतिरोधि बनाउन सहयोग पुग्ने र अरु इट्टा भन्दा सस्तोमा उपलब्ध हु...