यो सरकार बाट आम नागरिकले केहि आशा नगर्दा हुन्छ : ज्ञानेन्द्र गौतम
काठमाडौं । युवा व्यवसायी तथा समाजसेवी ज्ञानेन्द्र गौतमले यो सरकारबाट के आशा गर्ने भनेर प्रश्न गरेका छन् ।
आज बिहानै गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा एक जना बिरामीलाई फ्रस रगत आवश्यकता परेको खबर उनको कानमा परेपछि गौतम आफ्नो सम्पुर्ण कामहरु थाती राखेर अस्पताल जान भनेर थापाथली घरबाट निस्किएका थिए,बाटोमा जाँदा जाँदै कोटेश्वर क्रस भएपछि उनको मोटरसाईकलमा पेट्रोल सकियो मोटरसाईकल डोर्याएर उनि नजिकैको पेट्रोल पम्पसम्म पुग्दा त्यहाँ जुन घटना घट्यो त्यसले उनलाई यो सरकार प्रतिको आशा मर्ने बनाएको रहेछ ।
मोटर साईकल डोर्याएर पेट्रोल पम्प सम्म पुगेका गौतमले पेट्रोल भर्ने ठाउँमा जब बत्ति छैन भनेर लेखेको देखे उनले त्यहाँको कर्मचारीलाई पेट्रोलपम्पमा पनि किन बत्ति छैन भनेर प्रश्न गर्दा त्यो प्रश्न विद्युत प्राधिकरणलाई सोध्नु भन्ने जवाफ आयो त्यस पछि त उनि झन अचम्मित भए ।
अत्यावस्यक सेवा क्षेत्रको रुपमा रहेक...







