२०८३ असार २१, आइतवार

Author: तुफान न्यूज

मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्। 'मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,' उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। 'त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,' उनले भनिन्।...
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

Breaking News, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं :प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन भयकाे छ ।सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन गरेको छ । अव कार्यालयको नाम "राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम" कार्यक्रम कार्यान्वयण एकाईको नामाकरण गरेको हो ।अव सुन्ताल मौरी ओखर दलहन बाली जोनका रुपमा भएको कार्यलयको नाम परिर्वतन भएको हो ।कार्यालयको नाम परिर्वतन भएको जाजरकोट कार्यालयले सवै जिल्लाका सरकारी कार्यालयहरुलाई जानकारी समेत गराएको छ ।सरकारले कार्यालयको नाम चालु आर्थिक वर्षमा परिर्वतन गरेको हो । अन्य सरकारी कार्यालयहरुको पनि नाम परिर्वतनको चर्चा चलेको छ । ...
जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

समाचार
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए। चौधरीका अनुसार क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो।   सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आउने यात्रु बोकेर आएको जीप यात्रु बढी भएर कच्ची सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। जीपमा सवारमध्ये १५ जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर बताए। घटनाबारे थप विवरण आउन ...
भूमि विधेयकमा पछि हट्यो एमाले, छलफलका लागि संसदीय समितिमा पठाइने

भूमि विधेयकमा पछि हट्यो एमाले, छलफलका लागि संसदीय समितिमा पठाइने

समाचार
काठमाडौं । भूमिसम्बन्धी विधेयक अन्तत: छलफलका लागि समितिमा पठाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाको आजको बैठकबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव पेस गर्न लागेका हुन्।   एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलहरूबीचको सहमतिमै विधेयक समितिमा पठाउन लागिएको बताए। यसअघि एमालेले प्रतिनिधि सभाको पूर्ण बैठकबाटै विधेयक पारित गर्नुपर्ने अडान लिएको थियो। तर सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकलाई समितिमा पठाएर छलफल गर्नुपर्ने अडान राखेको थियो। असार २५ गते समितिको पूर्ण बैठकबाटै पारित गर्ने गरी विधेयक सम्भावित कार्यसूचीमा समेटिएको थियो। तर विधेयकमा संशोधन दर्ता गराएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहितका सांसदहरूले विधेयक समितिमा पठाउनुपर्ने अडान लिएका थिए। ...
समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई गाउँपालिकाले गर्‍यो जरिवाना

समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई गाउँपालिकाले गर्‍यो जरिवाना

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राजनीति, राष्ट्रिय, समाचार
बर्दिया गुलरिया  : बर्दियाकाे गेरुवा गाउँपालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीस्वरूप जरिवाना गरेको छ। पालिकाले सम्झौताअनुसार समयमा काम नगर्ने पाँच निर्माण व्यवसायीलाई कारबाही गरी २३ लाख ४२ हजार सात सय ५४ रुपैयाँ जरिवाना लिएको हो।सार्वजनिक खरिद ऐनमा तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीहरूलाई कारबाही हुने व्यवस्था छ। समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई दैनिक ०.०५ प्रतिशत जरिवाना हुने कानुनी व्यवस्था छ। पालिकाले सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीबाट जरिवाना संकलन गरेको हो। पालिकाभित्र सञ्चालित तारजाली र सडक निर्माणमा ढिला गर्ने निर्माण व्यवसायीलाई कारबाही गरी जरिवाना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले बताए। उनले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीबाट २३ लाख ४२ हजार ७ सय ५४ रुपैयाँ जरिवाना संक...
अगस्ट २ देखि कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने

अगस्ट २ देखि कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार
काठमाडौं :नेपालमा आगामी अगस्ट २ देखि WFKO (World Freestyle Kickboxing Organization) अन्तर्गत रेफ्री सेमिनार, कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम काठमाडौंको Fight Club Nepal, जडीबुटी मा हुनेछ।कार्यक्रमका लागि WFKO का वर्ल्ड प्रेसिडेन्ट ब्रायन डब्ल्यु बेक इंग्ल्याण्डबाट विशेष अतिथिका रूपमा नेपाल आउनुहुनेछ र उहाँकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिने बताईयकाे छ। साे कार्यक्रमको आयोजना नेपाल किकबक्सिङ एशोसिएसन – WFKO टिमले गरेको छ भने यसका अध्यक्ष देव राज श्रेष्ठ, महासचिव तथा WFKO का चिफ रेफ्री बिन्दा नेपाली, कोषाध्यक्ष सुमन नेपाल, चिफ कोच रमेश नेपाली र उपाध्यक्ष राजकुमार ठकुरीको,र बरिस्ठ सल्लाहकार आकाश धिताल को नेतृत्वमा तयारी पूरा गरिएको छ। कार्यक्रममा करिब २० जना सहभागीहरू रहनेछन्, जसले रेफ्री, कोच र ब्ल्याक बेल्ट ग्रेडिङमा आफ्नो सीप ...
निलकमल ह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर

निलकमल ह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर

समाचार
काठमाडौं । निलकम लह्यूमन रिसोर्स प्रा.लि.को सेटीङ र बैदेशिक रोजगार बिभागको बदमासिको भण्डाफोर भएको छ । आर्थिक बर्ष २०८१/०८२ मा नेपालबाट सबैभन्दा बढि कामदार बैदेशिक रोजगारमा पठाउन सफल मेनपावरको उपाधि पाएको निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले बैदेशिक रोजगार बिभागको आई टि मा सेटिङ गरेर अबैधानिक कार्य भएको पाईएको छ । निलकम लह्यूमन रिसोर्स प्रा.लि.ले मिति सन् २०२३ /०४/ ०७ अर्थात २०७९ चैत्र २४ गते लट नं. २८४२९२ मार्फत कुवेतको एक कम्पनिमा १५० जनापुरुष र २५० जनामहिलाकामदार पठाउन नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय , बैदेशिक रोजगार बिभागताचाहाल बाट अन्तिम श्रम स्विकृतिको लागि अनुमति पाएको देखिन्छ । कुवेतमा रहेको कम्पनि संग २ बर्षको लागि कामदार सम्झौता गरेको यो म्यानपावर कम्पनिले सम्झौता म्याद सकिएको अवस्थामा समेत सोहि सम्झौत ापत्र तथा नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त...
पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

पुष्पलाल माक्र्सवादी विश्वविद्यालयद्वारा बृहत् बिचारगाेष्ठी हुने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :पुष्पलाल माक्र्सवादी विश्वविद्यालयले ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसर पार्दै आज सम्भावना र चुनाैति  विषयक बृहत बिचारगाेष्ठि तथा अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा समाजवादी कम्युनिस्ट पार्टीका महासचिव समरजंग लगायत थुप्रै बामपंथी नेता बुद्धिजीवी, लेखक,र राजनैतिक बिश्लेषकहरुकाे सहभागिता रहने आयाेजकले बताइएको छ । स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महा...
भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Breaking News, यातायात, राष्ट्रिय, समाचार
जाजरकोट :गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । नलगाड नगरपालिकाको दल्लीबाट रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए । उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनले बताए । बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।...
सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने

सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा सम्मान अर्पण गरिने

शिक्षा, संस्कृति, समाचार
- माधव घिमिरे 'अटल' काठमाडौँ /  साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ । यस केन्द्रले विगत वर्षहरूदेखि निरन्तरता दिँदै आएको सम्मान तथा अक्षलोक साहित्यिक पत्रिका लोकार्पण समारोह यस वर्ष पनि आयोजना गर्ने जनाएको छ । यही श्रावण ११ गते पुल्चोक इन्जिनियरिङ कलेजमा विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार तथा सम्मान अर्पण गरिने कुरा केन्द्रले एउटा प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएको छ । समाज रूपान्तरणमा विशिष्ट योगदान दिने साहित्य साधक, समाजसेवी, स्वास्थ्यकर्मी उद्यमी तथा शिक्षाकर्मीहरूलाई विभिन्न शीर्षकमा सम्मान गरिने उक्त वज्ञप्तिमा जनाइएको छ । सो सम्मान तथा पुरस्कार प्राप्त गर्ने विशिष्ट व्यक्तित्वहरूमा सिद्धिश्वरमान मिलन–मुक्ति आजीवन साहित्य साधन...