फोकस नेपालको १२ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न
काठमाडौं । बिगत एक दशक भन्दा बढी समयबाट सामाजिक कार्यमा बिशेष भुमिका निर्वाह गर्दै आएको फोकस नेपालले आफ्नो स्थापनाको १२ औं बार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।
हात्तिसार स्थित नेपालहाउसमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का नेता शेरबहादुर कुँवर , समाजसेवी तथा धार्मिक व्यक्तित्व राम प्रसाद न्यौपाने लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जन—जीवनका लब्ध प्रतिष्ठित महानुभावहरुको आतिथ्यता एवं नागरिक समाजका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षा, स्वास्थ्य,उर्जा, पर्यटन, आर्थिक, उद्योगी व्यवसायीका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
१२ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा “समुन्नत नेपाल निर्माणमा सामाजि...









