२९ पुष २०८२, मंगलवार

Author: तुफान न्यूज

बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

समाचार
  काठमाडौं । भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् । 'विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छौँ' उनी भन्छन्, 'तीस घरका एक सय ५० जना विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानका स्थानन्तरण गर्ने प्रयास जारी छ ।' यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका  ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ । नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको रु ५० लाख अपुग भएकाले विकास– निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए । अधिकांश आयोजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका ...
म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

समाचार
काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले उनीविरुद्ध साइबर अपराधसँगै अन्य अभियोग पनि लगाउने तयारी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको प्रसाईंले भिडियोमार्फत आरोप लगाएका थिए । सो भिडियोमा उनले कागजात पनि देखाएका छन् । फर्जी कागजात बनाएको कसुरमा प्रहरीले उनीविरुद्ध ‘किर्ते गर्न नहुने’ अभियोग लगाउने तयारी गरेको छ । मुलुकी फौजदारी संहिता–२०७४ को दफा २७६ अनुसार किर्ते गर्न हुँदैन । सो ऐनको दफा ३०६ अनुसार बे...
विश्वकप छनोटमा अर्जेन्टिनाको जित

विश्वकप छनोटमा अर्जेन्टिनाको जित

समाचार
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित निकालेको छ। बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा मार्टिनेजले गरेको गोल निर्णायक साबित भयो। उनले खेलको ५५ मिनेटमा गोल गरेका थिए। अघिल्लो खेलमा पाराग्वेसँग पराजित भएको अर्जेन्टिना दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ। अर्जेन्टिनाको १२ खेलबाट २५ अङ्क छ। पेरु भने अङ्क तालिकाको पुछारमा छ। दशौँ स्थानको पेरुले सात अंक मात्र जोड्न सकेको छ। ...
पाँच लाखमुनिका साना बचतकर्ताको रकम फिर्ता गर्ने योजना बेवारिसे

पाँच लाखमुनिका साना बचतकर्ताको रकम फिर्ता गर्ने योजना बेवारिसे

समाचार
काठमाडौं । सरकारले बजेटबाट घोषणा गरेको साना बचतकर्ताको रकम फिर्ता गर्ने योजना बेवारिसे बनेको छ। बजेटबाट घोषणा गरे पनि पाँच लाख रुपैयाँमुनिको बचत फिर्ता गर्न सरकारले कुनै रकम अहिलेसम्म छुट्टयाएको छैन। बजेट आएको ६ महिना बित्न लाग्दासमेत सरकारले बचतकर्ताको रकम फिर्ताका लागि आवश्यक कुनै पनि प्रक्रिया सुरू नगरेको हो। मुलुकमा बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने अहिले दुई थरी सहकारी छन्। पहिलो, सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरू। दोस्रो, सञ्चालनमा रहेका तर बचतकर्ताले माग दाबी गरेअनुसार पैसा फिर्ता गर्न नसकिरहेका सहकारीहरू। पहिला कुरा गरौं, समस्याग्रस्त सहकारीहरूको। सरकारले २०७५ सालयता २२ वटा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ। ती सहकारीको बचत फिर्ता, ऋण असुली र सम्पत्ति लिलामीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बना...
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ । हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो जसलाई अन्तरिक्षबाट पनि प्रत्यक्ष रूपमा देखिएको बीबीसीले उल्लेख गरेको छ । त्यस क्षेत्रमा केही स्थानमा वायुको गुणस्तर निकै खराब भइसकेको र केही क्षेत्रमा एअर क्‍वालिटी इन्डेक्स (एक्यूआई) २००० भन्दा माथि पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । सामान्यतया १५० भन्दा माथिको एक्यूआईलाई अस्वस्थ मानिन्छ । प्रदूषणको स्तर निरन्तर बढेपछि यसबाट बच्न र नियन्त्रण गर्न लाहोर र मुल्तानका क्षेत्रहरूमा केही दिनका लागि पूर्णरूपमा लकडाउन गरिएको छ । त्यस अवधिमा एक्यूआईको अवस्था जाँच गरी आवश्यक परेमा लकडाउन थप लम्बिने जनाइएको छ । छिमेकी राष्ट्र भारतमा पनि वायुको गुणस्तर खराब छ । विश्वकै खराब वायु ग...
छविलाई काठमाडौं ल्याउने तयारी ,कुमार रम्तेललाई पठाइयो पोखरा

छविलाई काठमाडौं ल्याउने तयारी ,कुमार रम्तेललाई पठाइयो पोखरा

समाचार
काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका कुमार रम्तेललाई पोखरा फिर्ता गरिएको छ । शनिबार काठमाडौं ल्याइएका रम्तेको बयान सकेर सोमबार साँझ पोखरा फिर्ता गरिएको हो । जिल्ला प्रहरी परिर काठमाडौंका एक अधिकृतका अनुसार रम्तेललाई सोमबार साँझ प्लेनमार्फत पोखरा पठाइएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि कास्की कारागारमा रहेका रम्तेललाई झिकाएर प्रहरीले बयान गराएको हो । रम्तेल गत २५ भदौमा पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारी संस्थाका उनी कोषाध्यक्ष समेत हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि कारागार चलान समेत भएका थिए ।   रम्तेललाई पोखरा फिर्ता गरिएसँगै आजै कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ । काठमाडौं परिसरका एक अधिकृतका अनुस...
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो,’ उनले भने। प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न। त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ। प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा अन...
नेप्सेमा उच्च अंकको गिरावट, साढे १० अर्बको सेयर किनबेच

नेप्सेमा उच्च अंकको गिरावट, साढे १० अर्बको सेयर किनबेच

समाचार
काठमाडौं । मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। यस दिन नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत कारोबार दिन अर्थात् आइतबार ११ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २६ करोड रूपैयाँ कमी आएको हो। आज ३१० वटा धितोपत्रको दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार २२६ रूपैयाँ कायम भएको छ। नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७...
युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रा

युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रा

समाचार
काठमाडौं । व्यक्ति पिच्छे मानवीय स्वभाव फरक फरक हुनु प्राकृतिक नियमनै हो । जीवनलाई सहज र सरल ढंगबाट व्यतित गर्ने ईच्छा र चाहाना सबैको हुन्छ तर भने जस्तो नहुन सक्छ । यस्तै अनेकौं हण्डर र ठक्कर खाँदै परिपक्को बन्दै गएका युवा व्यवसायी ज्ञानेन्द्र गौतमले सामाजिक यात्रामा समेत आफ्नो पाईला अगाडी बढाई रहेका छन् । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा जन्मेका गौतम काठमाडौंलाई कर्मथलो बनाउँदै बिभिन्न व्यवसाय गर्दै मात्र छैनन् यतिबेला उनि आफुलाई सामाजिक र राजनैतिक यात्रामा समेत सरिक बनाउँदै छन् । आफ्नो पढाईलाई समेत थाति राखेर बिदेश जाने सुर कसेका गौतम नेपालमै सम्भावनाको खोजि गर्नु पर्छ भन्ने अठोट गर्दै बनाएको पासर्पोट समेत च्यातेर व्यवसाय गर्न लागेका हुन् । केहि समय अगाडी सम्पन्न नेकपा(माओवादी केन्द्र) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत ईन्द्रावती काठमाडौं सम्पर्क समन्वय समिति...
काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

काठमाडौंकाे नयाँ बसपार्क,बिष्णुमति नदिकाे छेउमा रहेका पसलहरु आज देखि हटाईएकाे छ

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं : काठमाडौं काे नयाँ बसपार्क नजिकै, बिष्णुमति नदिकाे छेउमा रहेका अस्थायी टहरामा रहेका पसलहरु आज देखि हटाईएकाे छ ।बिगत लामाे समयदेखि संचालनमा रहेका पसलहरु काठमाडौं महानगरले हटायपछि उक्त ठाउमा पसल गर्दै आयका ब्यापारी हरु निराश भयका छन्,। विभिन्न जिल्लाबाट उक्त ठाउमा बिगत लामाे समयदेखि कपडा पसल संचालनमा गर्दै आयका ब्यापारीहरु अहिले सामान आफू बस्ने काेठामा थन्क्याएर बसेकाे बताउछन, "महानगरले याे गर्नु स्वभाविक हाे तर हामीलाई कतै ब्यापार गर्ने ठाउँ दियकाे भय खुसि हुने थियौं "। महानगरले अहिले सबै ठाउमा अवैधानिक रुपमा ब्यापार गर्दै आयका र सार्वजनिक ठाउहरुलाई ब्यक्तिगत रुपमा विभिन्न प्रयाेजनका लागि भाेगचलन गरेका ठाउहरुमा तत्काल राेक्न समेत अल्टिमेटम दिएकाे छ,। उक्त ठाउहरुलाई तत्कालै ब्यवस्थापन गरेर सुन्दर र नमुना शहर बनाउने महानगरकाे उद्धेश्य रहेकाे छ । काठमाडौं मा जनघनत्व बढेपछि र सवारी...